लिभरपुल र चेल्सी विजयी



प्रिसिजन टुर अन्तर्गत मैत्रीपूर्ण खेलमा इङ्लिस क्लब लिभरपुल र चेल्सी विजयी भएका छन् ।

बुधबार राति भएको खेलमा लिभरपुलले फ्रेन्च क्लब लियोनलाई ३–१ गोलले हरायो । अर्को खेलमा चेल्सीले अष्ट्रेलियन क्लब साल्जबर्गलाई ५–३ गोलले पराजित गर्यो ।

लिभरपुलविरुद्ध लियोनले सुरुवाती अग्रता लिएको थियो । मेम्फिस डिपेले चौथो मिनेटमा गोलगर्दै लियानलाई अग्रता दिलाए १७ औं मिनेटमा लिभरपुलका रोबर्टो फिर्मिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए ।

लियोनका जोचिम एन्डरसनले २१आंै मिनेटमा आत्मघाति गोल गरेपछि लिभरपुले अग्रता लियो । त्यसपछि ५३औं मिनेटमा ह्यारी विल्सनले गोलगर्दै लिभरपुलको जित सहज बनाए ।

यस खेलमा लिभरपुलले टोलीका स्टार खेलाडीहरु मोहमद सलाह, केभी केईटा, एलिसन, जर्दान साकिरीलाई पनि उतारेको थियो ।

यसैगरी, चेल्सीको जितमा २०आंै मिनेटमा क्रिस्टियन पुलिसिकले खाता खोले । २३औं मिनेटमा रोस बर्कलीले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।

२८औं मिनेटमा पुलिसिकले ब्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ५०औं मिनेटमा साल्जबर्गका जेरोम ओनग्युनेले एक गोल फर्काए ।

५७ औं मिनेटमा पेड्रो रोड्रिग्वेजले गोलगर्दै चेल्सीको अग्रता बलियो बनाए । ८६औं मिनेटमा ताकुमी मिनामिनोले पेनाल्टीमार्फत साल्जबर्गका लागि दोस्रो गोल गरे ।

 

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता