शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा विद्यालयमा रंगरोगन तथा भित्ते लेखन कार्य सम्पन्न



असार- ३ गुल्मी।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड, सिमलटारी शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका गाउँपालिका–७ घमिरस्थित बरारुख आधारभूत विद्यालयमा रंगरोगन, कक्षाकोठा व्यवस्थापन तथा शैक्षिक भित्ते लेखन कार्य सम्पन्न गरेको छ।

बैंकले विद्यालयका कक्षाकोठाहरूमा रंगरोगन,कक्षाकोठा व्यवस्थापन गर्नुका साथै विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र आकर्षक बनाउन ज्ञानवर्द्धक चित्र, शैक्षिक सामग्री तथा सन्देशमूलक भित्ते लेखन गरेको शाखा प्रमुख द्वारिका श्रेष्ठले जानकारी दिनुभयो। सम्पन्न कार्य सोमबार आयोजित एक कार्यक्रममार्फत विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि तथा मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बैंकले गरेको सामाजिक योगदानको प्रशंसा गर्दै भित्तामा लेखिएका शैक्षिक सन्देश र चित्रहरूले विद्यार्थीको सिकाइ प्रक्रियामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले यस्ता गतिविधिले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्र लम्सालले बैंकप्रति आभार व्यक्त गर्दै विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुधारमा यस कार्यले सहयोग पुगेको बताउनुभयो। विद्यालय परिवारले समेत बैंकको सहयोगप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेको छ।

कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा शाइन रेसुंगा डेभलपमेन्ट बैंक सिमलटारी शाखाका कर्मचारी कमल पौडेललगायतको सहभागिता रहेको थियो।

बैंकले समुदायसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न कार्य गर्दै आएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता