सात वर्ष सम्म कुष्ठरोग रोग बाट पिल्सिएका गुल्मीका वृद्धलाई सञ्चारकर्मी द्वारा उद्गार !



डिबि खड्का मङ्सिर ८ गुल्मी ।

विस २०६६ साल माघ ५ गते नेपाललाई कुष्ठरोग रोग निवारण राष्ट्र भनेर घोषण गरियो । घोषणा गरेको आठ वर्ष पुग्न लागि सक्दा पनि सरकारको घोषणा कागजमै सीमित रहेको प्रस्ट बुझन सकिन्छ । सरकारले कुष्ठरोगको उपचार नि :शुल्क गर्दै आएको छ । तरपनी सरकारले दिँदै आएको सेवा सुविधा प्रभावकारी नहुँदा नेपालमा दिन प्रति दिन कुष्ठरोगका बिरामी हरू बढदै गएका छन् । समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् । सरकारले नि : शुल्क उपचारको व्यस्था मिलाए पनि रोगी हरू स्वास्थ्य संंस्थामा जान डराउने गरेको पाइएको छ । भने यसको लागि अहिले सम्म सरकारले कुनै ठोस कदम समेत चाल्न सकेको छैन ।

लुकेर बसेका कुष्ठरोगी सरकारका लागि चुनौती ।

‘कुष्ठरोग सामान्य हो समयमा औषधि गरे पछि निको हुन्छ ‘ भन्ने सन्देशका साथ जनवरी महिनाको अन्तिममा नेपालमा कुष्ठरोग दिवस मनाईछ । नेपालका सबै स्वास्थ्य संस्था बाट नि शुल्क औषधि पाइने भएतापनि सरकार लाई यो रोग नियन्त्रण गर्न विषय चुनौती बन्नदै गएको छ । कारण बिरामी हरू लुकेर बस्नु । नेपालका अधिकाँश कुष्ठरोगका विरामीहरु डर तथा चेतनाको अभावका कारण उपचार गराउन स्वास्थ्य संस्थामा जाने गर्दैन ।जसको एक उदाहरण हुन गुल्मीको मालिका गाउँ पालिका वडा नम्बर दुई मा बस्ने ६१ वर्षीय टेक बहादुर विक । उनलाई आज भन्दा करिब सात वर्ष पहिले कुष्ठरोग लागेको थियो । उनलाई उपचार गराउनुको सट्टा चेतनाको अभावका कारण छुटै छाप्रो बनाएर राखियो । मृत्यु कुरेर बढो संघर्षका साथ दिन बिताईरहेका विकलाई जिल्लाको स्थानीय टेलिभिजन गुल्मी टेलिभिजनमा कार्यरत सञ्चार कर्मीले उद्धार गरेका छन् ।

सल्लेरी खबरका प्रदेश सम्बादाता तथा टेलिभिजनका समाचार प्रमुख डिबि खड्का ,कार्यकारी प्रमुख दीपक नेपाली र सुमन पन्थिको सहयोगमा उनलाई उद्धार गरिएको हो । आइतबार वडा नम्बर दुई स्थित नेटा दर्लिङ माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमका बिच विक लाई पचास हजार रकम प्रदान गरिएको छ भने उपचारको लागि काठमाडौँ समेत लगिएको छ ।

पर्दा पछिका सहयोगी मनहरू ।

टेलिभिजनले उत्पादन गर्दै आएको सङ्घर्षको कथा बाट गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका धेरै पीडित परिवारले राहत पाई रहेका छन् । भने पर्दा पछाडि धेरै व्याक्तिहरुको सहयोग साथ रहेको छ। रोजगारीको अवसरको लागि नेपाल बाट विभिन्न मुलुक पुगेका नेपालीहरूको सहयोग र साथका कारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । त्यस्तै कुष्ठरोग टेक बहादुर विक लाई पनि धेरै व्यक्ति हरुको सहयोगका कारण मात्र उपचार सम्भव भएको हो । यसरी सहयोग गर्नेमा काठमाडौँ ग्रिन सिटी अस्पतालका प्रमुख लोक बहादुर टनडण्न,जुम्लाका युवा व्यवसायी तथा समाजसेवी सुमन खत्री ,समाजसेवी प्रविन श्रेष्ठ ,सोलु सुमुवार ,कलाकार तिलक बस्नेत लगायत को सहयोग रहेको छ ।

थप भिडियो मा

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता