थानपती निमाविको अभियान मोहन खड्का द्वारा १९ हजार सहयोग

माघ १२ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी हाल बुटवल बसोबास गर्दै आएका मोहन खड्काले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पुर्व विद्यार्थी समेत रहेका खड्काले थानपती निमाविले चलाएको बृहत आर्थिक संकलन अभियानलाई १९ हजार एक सय रुपैयाँ सहयोग प्रदान गरेका हुन । आफ्नो गाउँको शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्ने विषय समय सान्दर्भिक लागेर आफू सक्दो सहयोग गरेको उनको भनाइ छ । साथै उनी “थानपती निमावि कल्याणकारी कोष´´को ६१ औं संस्थापक सदस्य समेत बनेका छन् । साथै उनले सबैलाई सहयोग गर्न समेत आग्रह गरेका छन् । खड्का हाल रोजगारीको सिलसिलामा अस्टे्रलिया रहेका छन ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।