मालिकाका दुई हजार विद्यार्थीको अपांगता परिक्षण
पुस ९ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकाले आफ्ना दुई हजार विद्यार्थीको अपाङ्गता परिक्षण गरेको छ ।
केन्द्रिय सरकार नीति अनुसार बाल कक्षा देखि कक्षा तीन सम्मका दुई हजार विद्यार्थीको सबै किसिमको अपांगता परिक्षण गरिएको शिक्षा शाखाका प्राविधिक सहायक सुरज जिसीले जानकारी दिए ।
मङ्सिर ६ देखि १३ गते सम्म सबै विद्यालयमा अपांगता परिक्षण गरि समस्या देखिएका विद्यार्थीलाई पालिकामा पठाईएको थियो ।
५३ सामुदायिक र पाँच संस्थागत गरि ५८ विद्यालयला दुई हजार विद्यार्थीको अपांगता परिक्षण गर्दा ९२ जना विद्यार्थीमा समस्या देखिएको थियो । ९२ जना विद्यार्थीको पुस ७ र ८ गते विशेषज्ञ डाक्टर बाट अर्खबाङ्ग स्वास्थ्य चौकीमा अपाङ्गता परिक्षण गरिएको
शिक्षा शाखाका प्रमुख भुम घर्ती मगरले बताए ।
दुई दिने शिविरमा सिमलटारी आँखा उपचार केन्द्रमा कार्यरत डाक्टर प्रविन कुमार माझी र गाउँपालिकामा कार्यरत डाक्टर एलिजा अर्यालले अपाङ्गता परिक्षण गरेका थिए ।
९२ जना मध्ये ६ जना विद्यार्थीलाई थप उपचारको लागि बाहिर रिफर गर्नु पर्ने अवस्था देखिएको छ । अन्यलाई भने आवश्यक परामर्श र औषधि वितरण गरिएको हो ।
समस्या देखिएका विद्यार्थीलाई पालिकाले उपचारमा सहजीकरण गर्ने उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
पालिकाको सिफारिसमा नि:शुल्क उपचार गर्ने व्यवस्था मिलाउने उपाध्यक्ष अर्यालको भनाई छ ।
सानै उमेरमा विशेषज्ञ डाक्टर बाट अपाङ्गता पहिचान गर्दा उपचार सङै ,विद्यार्थीको पठनपाठन,उनिहरुको रूचि पहिचान हुने विशेषज्ञ चिकित्सकहरुको भनाई रहेको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।