गुल्मीमा सम्पन्न मैत्रीपुर्ण भलिबल खेलमा कर्मचारी संग पत्रकार पराजित

भदौ २० गुल्मी ।
निजामती सेवा दिवसको अवसरमा आयोजित मैत्रीपुर्ण भलिबल खेलमा पत्रकारको समुह कर्मचारी संग पराजित भएको छ । गुल्मी सदरमुकाम तम्घासमा आयोजित मैत्रीपुर्ण खेलमा पत्रकारको समूह कर्मचारीहरु संग ३-१ को प्रतिस्पर्धात्मक सेटमा पराजित हुन पुग्यो । पहिलो सेट कर्मचारीको हात पार्दा दोस्रो सेट पत्रकारको समूहले हात पार्यो तर निकै प्रतिस्पर्धा बनेको तेस्रो र चौथो सेटमा कर्मचारी समुहले उत्कृष्ट कम ब्याक गर्दै खेललाई आफ्नो पोल्टामा पार्न सफल भए । मैत्रीपुर्ण खेलको उद्वघाटन सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले ब्यानर पढेर गरेका थिए ।
कर्मचारी र सञ्चारकर्मीबीचको आत्मीयता अभिवृद्धि गर्ने , भलिबल खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उदेश्यले मैत्रीपुर्ण भलिबल खेलको आयोजना गरिएको हो ।
निजामती कर्मचारीहरूले गुल्मीमा पनि यसवर्ष पनि “व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मुलनाराका साथ विभिन्न प्रतियोगिता र रचनात्मक कार्य गरेको छ ।
बिरामीलाई फलफूल वितरण ,महिला कर्मचारी बीच कुर्सी दौड प्रतियोगिता ,पुरुष कर्मचारी बीच घैटो फोर प्रतियोगिता ,ब्याडमिन्टन प्रतियोगिता कार्यालय परिसर सरसफाइ लगायतका कार्यक्रमहरु सञ्चालन भैइरहेका छन ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।