नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा अपाङ्गता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।



कौरव खत्री,गुल्मी २१माघ ।।

गुल्मीको मुसिकोट नगरपालिका २ मुसिकोट देउराली स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा अपाङ्गता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।

विक्लान मित्र समुह तथा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मी (सक्षम परियोजना) गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा परियोजनाका पुर्नस्थापना सहायक होमराज केसीले अपाङ्गताका प्रकार, रोकथाम, न्यूनिकरण र अपाङ्गता भएका व्यक्तिहरुले पाउने सेवा सुविधा र पहुँचका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका करिब ९० जना विद्यार्थी सहभागी रहेका थिए । साथै परियोजनाले जिल्लामा ४ सय ५० बालबालिकाको उपचार तथा स्वास्थय परामर्श दिएको र विभिन्न क्षेत्रका ३ हजार ५ सय व्यक्तिहरुलाई अभिमुखीकरण तालिम दिएको सहायक केसीले जानकारीले जानकारी दिए । परियोजनाले विगत ३ वर्ष यता अपाङ्गताको क्षेत्रमा काम गर्दै आईरहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता