थानपती निमाविको अभियान: निज बहादुर खड्का द्वारा बीस हजार पाँच सय सहयोग

माघ १३ गुल्मी ।
गुल्मीको मालिका गाउँपालिका -८ दघास निवासी निज बहादुर खड्का र दुर्पता खड्काले विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयले सञ्चालन गरेको बृहत् आर्थिक अभियानका सदस्य समेत रहेका खड्काले बीस हजार पाँच सय ५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन ।
गाउँको शैक्षिक सुधारको लागि “ दीर्घकालीन अक्षयकोष´´ स्थापना गर्ने विषय समय सान्दर्भिक र अहिले आवश्यकता रहेको हुँदा सबैलाई सहयोग गर्न खड्काले आग्रह गरे ।
आफ्ना पाँच जना छोराछोरीले त्यहीँ विद्यालयमा पढेर अहिले देश तथा प्रदेशमा छन । आफ्ना सन्तानलाई अक्षर चिनाएको विद्यालयलाई आफू सक्दो सहयोग गरेको दुपर्ता खड्काले बताइन । निज बहादुर खड्का “थानपती निमावि कल्याणकारी कोष´´को ७७ औं संस्थापक सदस्य समेत बनेका छन् ।
ग्रामिण क्षेत्रमै आम नागरिकको चाहना अनुसार अङ्ग्रेजी र नेपाली माध्यम बाट गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले अभियान सुरु गरिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष डिबी खड्काले बताए ।
अभियान बाट जम्मा भएको रकम अचल सम्पत्तिको रुपमा रहने र त्यसको ब्याज मात्रै प्रयोग गरि शैक्षिक गतिविधि गर्ने विद्यालयका प्रधानाध्यापक गोबिन्द बुढाले जानकारी दिए ।
विद्यालयमा प्राप्त आर्थिक स्रोत र दरबन्दी नहुदा पठनपाठनमा समस्या आएको हुँदा त्यसको पुर्तिको लागि अभियान चलाईएको विद्यालय स्रोतले जनाएको छ ।
साथै सहयोग गर्न चाहेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैक सिमलाटारी शाखामा थानपती कल्याणकारी कोष (खाता नम्बर
01400700690479000001) सहयोग गर्न सकिने विद्यालयले जानकारी दिएको छ ।
जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।