विद्यालयमा ट्राफिक सचेतना बाँड्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी !



गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीको आयोजनामा गुल्मीको मुसिकोट नगरपालिका ३ स्थित पृथ्वी माध्यमिक बिधालयमा ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

पृथ्वी माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको लागी उक्त कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रममा सहभागी विद्यार्थीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डे, प्रहरी हवल्दार नवीन भण्डारीले सवारी दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सावधानी, सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा ट्राफिक नियम सम्बन्धी बिबिध विषयमा प्रशिक्षण दिनुभएको थियो भने ट्राफिक चेतनामुलक पर्चा, पम्पलेटहरु समेत वितरण गरिएको थियो ।

पृथ्वी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्र पाण्डेले विद्यार्थीको लागी यस्तो कार्यक्रम अति आवस्यक रहेको र यस कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्नुभयो । पाण्डेले जनचेतनामूलक कार्यक्रम यस विद्यालय ल्याउन सहजीकरण गरेकोमा सुनिल न्यौपानेलाई धन्यवाद दिनुभएको थियो ।

पछिल्लो समय जिल्ला ट्राफिक कार्यक्रम गुल्मीले जनचेतनामूलक कार्यक्रम सक्रियता पूर्वक संचालन गर्दै आएको छ । कार्यक्रम जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डे ,नवीन भण्डारी ,गौरव ज्ञवाली संचारकर्मी सुनिल न्यौपाने पृथ्वी माध्यमिक विद्यालयका प्रद्यानाध्यापक चन्द्र बहादुर पाण्डे र शिक्षकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता