रुरुक्षेत्र गाउँपालिकाको २५ लाख आर्थीक सहयोगमा स्कुल बस सञ्चालन



कात्तीक -२४ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्वर तीन स्थित् राष्ट्रिय माध्यमिक विद्यालयमा स्कुल बस सेवा सञ्चालन गरिएको छ ।
रुरुक्षेत्र गाउँपालिकाको २५ लाख आर्थीक सहयोग र विद्यालयको चार लाख लागतमा बस सञ्चालनमा ल्याईएको विद्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठ र रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतमले संयुक्त रुपमा स्कुल बस सञ्चालनको शुभारम्भ गरेका हुन ।

आर्थीक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम अन्र्तगत विद्याललाई बस सेवा सञ्चालन गर्ने अनुदान प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले बताए । गाउँपालिकाले आवश्यक कार्यविधि बनाएर मावि तहको विद्यालयलाई अनुदान दिएको पौडेलले उल्लेख गरे । रुरुक्षेत्र गाउँपालिकाले यो वर्ष २ वटा विद्यालयलार्इ स्कुल बस सञ्चालन गर्न अनुदान दिने भएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता