बालविवाह मुक्त गाउँपालिका अभियानमा मालिका गाउँपालिका



पुस ८ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिकाले थालेको वालबिवाह मुक्त गाउँपालिका अभियान तिव्रताका साथ अघि बढाइएको छ । यसै बिच बुधवार गाउँपालिकामा गठित मालिका समाज कल्याण परिषद्को बैठक सम्पन्न भएको छ ।
गाउँकार्यापालिकामा बसेको बैठकले विभिन्न निर्णय गरेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिनु भयो । समाज कल्याण परिषद्का अध्यक्ष तुल्सी अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिका भित्र गठन भएका बालक्लवको क्षमता अभिवृद्धी तालीम सञ्चालन गर्ने,बालविवाह मुक्त गाउँपालिका अभियान प्रभावकारी ढंगले अगाडी बढाउने, रेडियो कार्यक्रम तथा सडक नाटक सञ्चालन गर्ने, लक्षीत तथा उत्तपीडीत वर्गलाई लक्षीत कार्यक्रमको आयोजना गरी परिक्षण कार्यक्रम चलाउने निर्णय गरिएको छ ।
साथै वडा स्तरमा दलित , महिला, उत्पीडीत वर्गको प्रतीनिधित्व हुने गरि समिति गठन गर्ने र मागमा आधरीत कार्यक्रम आयोजना गर्ने निर्णय भएको प्रवक्ता गिरीले उल्लेख गर्नु भयो ।
साथै सबै कार्यक्रम पुस मसान्त भित्र सञ्चालन गरिने भएको छ ।
बैठकमा गाउँपालिकाका अध्यक्ष रीत बहादुर थापा,प्रमुख प्रशासकिय अधिकृत दिपक भण्डारी, वडा अध्यक्ष लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन मालिका कल्याण समाज परिषद्का सदस्य सचिव कमल नेपालीले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता