राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि मुसिकोटलाई !



हुमाकान्त पोखरेल, गुल्मी –२२ असार ।

तीन दिनसम्म चलेको १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मुसिकोट नगरपालिकाले जितेको छ । नगरपालिकाले १६ स्वर्ण, सात रजत र आठ कास्य गरी कुल ३१ पदकसहित प्रथम स्थान हाँसिल गरेको हो । प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका दोस्रो र चन्द्रकोट गाउँपालिका तेस्रो भएका छन् । गुल्मीदरबारले छ स्वर्ण, पाँच रजत र सात कास्य गरी कुल १८ पदक जितेको छ । चन्द्रकोटले पाँच स्वर्ण, ११ रजत र १२ कास्य गरी कुल २८ पदक जितेको जिल्ला खेलकुद विकास कार्यालयका प्रमुख डिल्ली विश्वकर्माले जानकारी दिए ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ असार १८, १९ र २० गते सदरमुकाम तम्घासमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा सबै पालिका सहभागि भएका थिए । तर रेसुङ्गा नगरपालिका भने अन्तिमको खेलमा मात्रै सहभागि भएको थियो । प्रतियोगितामा कुल ४३ विद्यालयका विद्यार्थीहरु रहेका थिए ।

भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र करौँते खेल संचालन भएका थिए । सबै प्रतियोगिताहरु छात्र÷छात्राको छुट्टाछुट्टै समुहमा खेलाइएको कार्यालय प्रमुख विश्वकर्माले जानकारी दिए ।

लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार २४, २५ र २६ गते दाङको बेल्झण्डी रङ्गशालामा हुँदैछ । जसका लागि गुल्मीबाट खेलाडी पनि छनौट गरिएको छ । भलिबल र कबड्डीमा छात्र÷छात्रा नौ÷नौ जना, एथेटिक्समा छात्र÷छात्रा ११÷११ जना एवम् तेक्वान्दो र कराँतेमा छात्र÷छात्रा तीन÷तीन जना छनौट गरिएको जिल्ला खेलकुद विकास समितिको कार्यालयले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता