नारी दिवसको रौनक: इस्मामा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान



गुल्मी, २४ फागुन ।
इस्मा गाउँपालिका गुल्मीले ११२ औ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा पालिका भित्रका सवै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । समुदायमा स्वास्थ्य शिक्षा सचेतना, उपचारसंगै कोभिडमा महिला स्वास्थ्य स्वयंसेविकाले खेलेको भूमिकाको उच्च प्रसंसा गर्दै सम्मान गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै पुर्व मन्त्री तथा नेकपा एमालेका सचिव गोकर्ण बिष्टले महिलाहरुलाई आर्थिक तथा सामाजिक रुपमा माथि उठाउनुपर्ने बताए ।

कार्यक्रम इस्मा गाउँपालिकाले इस्मा गाउँपालिका २ हस्तिचौरको पालुखा माविमा आयोजना गरिएको थियो । सोहि अबसरमा ग्रामीण महिलाहरु अधिकारसंगै आर्थिक तथा सामाजिक रुपमा पछाडी परेकाले सशक्तिकरण र उद्यम आवश्यक रहेको बिष्टले बताए । उनले तीन वटै सरकारले पुर्वाधारलाई प्राथमकिता दिने र सडकलाई मात्रै विकास ठान्ने सोचका कारण सामाजिक सोच र चिन्तनमा परिवर्तन नहुँदा आर्थिक उर्पाजनका क्रियाकलाप कम संचालन भएको बताए ।

 

उनले आफ्नो निर्वाचन क्षेत्रमा निकै मिहेनत गरेर हेफर प्रोजेक्ट संचालन गरेकाले अहिले स्थानीयतहहरुले परियोजनासंग समन्वय गरेर कृषि र पशुको माध्यमबाट आर्थिक उपार्जनमा जोडन सकिएको बताए । इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले गाउँपालिकाले बिभिन्न उत्सव र दिवसहरुमा गाउँपालिकाले स्वास्थ्यकर्मी, जेष्ठ नागरिक र अपाङहरुलाई सम्मान गर्दै आएको बताए । उनले निब्र्याजी कर्जा, प्रधानमन्त्री स्वरोजगार र सामुदायिक बाख्रा विकास परियोजना मार्फत थुप्रै महिलाहरुलाई उद्यमसंग जोडेर आर्थिक उर्पाजनको बाटोमा अगाडी बढाएको बताए ।

इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले सचेत बर्गनै अचेत रहेको टिप्पणी गरिन् । उनले महिला तथा सामुदायीक सचेतनाका कार्यक्रम माग गर्दा कार्यपालिकादेखि कार्यक्रम कार्यान्वयनका सन्दर्भमा थुप्रै असहयोग व्यहोर्नु परेको गुनासो गरिन् । ‘मैले मदिरा र कोभिड नियन्त्रणमा जनप्रतिनिधी र नेताहरुले असहयोग गरे,’उनले भनिन,‘सवैभन्दा पहिला सोँचमा परिवर्तन हुनुपर्छ ।’

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता