गुल्मीको रिडीमा हुने र्एतिहासकि महायज्ञको तयारी तीव्र !



डि.बि खड्का, भदौ ९ गुल्मी ।
पवित्र धार्मिक स्थल गुल्मी,पाल्पा र स्याङजा को संगम स्थल रुरु क्षेत्रधाममा सञ्चालन हुन लागेको र्एतिहासीक महायज्ञको तयारीलाई तीव्र पारिएको छ । अहिले विभिन्न समिति तथा उप समिति बनाई महायज्ञको तयारी सँगै प्रचार प्रसार गर्न कार्य भैइरहेको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।

प्रचार प्रसार सँगै विभिन्न धार्मिक व्याक्तीत्वहरु सँग भेटघाट जनताको घरदैलोमै पुगी निमन्त्रण,स्वागत द्वार बनाउने कार्य भइरहेको बताइएको छ । साथै २१ दिन सम्म चल्ने महायज्ञको लागी प्रमुख अतिथिहरू तय गर्न कार्य समेत भैइरहेको महायज्ञ मूल समारोह समितिले उल्लेख गरेको छ ।
र्एतिहासीक तथा धार्मिक क्षेत्र रुरु धाम क्षेत्रको पर्यटन प्रवद्धर्न गर्नको लागी आयोजना गरिएको  र्एतीहासीक महायज्ञले हिन्दु धर्मको जर्गना साथै अन्य धर्मको सम्मान गर्न महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजले बताए  । र्एतिहासीक तथा ठुलो धार्मिक महत्त्व रहेको यस क्षेत्रलाई अन्तराटिष्य स्तर सम्म चिनाउने र यहाँको भौतिक संमरचना निर्माण तथा पुन निर्माण ,गौशाला निर्माण गर्न महायज्ञको मुख्य उद्देश्य रहेको महायज्ञका प्रमुख वाचक बालयोगेश्वर महाराजले उल्लेख गरे ।

यहीँ भदौ २८ गते देखी आश्विन १७ गते सम्म सञ्चालन हुने महायज्ञमा सोह्र श्राद्धको पावन अवसरमा सम्पूर्ण पितृहरूको विधिवत् श्राद्ध गरी उद्धार गरिने,एक्काइस करोड दीप प्रज्वलन गरिने, उमेर पुगेका इच्छुक जोडीहरूको २१ सयमा विवाह गरिने, देश विदेशमा ख्याति प्राप्त सन्तमहात्माहरुको उपस्थिति रहने तथा अन्र्तराष्ट्रियस्तरमा ख्यातिप्राप्त सङ्गीतमय र लिलामय कलाकारहरूको उपस्थिति रहने बताइएको छ ।
महायज्ञमा ५ लाख भन्दा बढी भक्तजनहरूको उल्लेखीय सहभागिता गराउने लक्ष्य राखिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता