फागुन २७ गते मंगलबार,आजको राशीफल



आज मिति २०७६ साल फागुन २७ गते मंगलबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
मेषः– समय सुधारोन्मुख देखिन्छ। लगनशिल भई गरेका काम सफल हुनेछन्। पुराना समस्या विस्तारै समाधान हुनेछन्। काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ।

वृषः– ग्रह गोचर सामान्य अनुकुल देखिन्छ। पारिवारिक समस्या टरेर जानेछन्। थोरै प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । जीवन साथीको सहयोग पाईनेछ। फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न। आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। अरुको पूर्ण भरोसामा भने काम नगर्नु होला।

मिथुनः– सयम प्रतिकुल देखिन्छ कुनै क्षेत्रमा पनि हेलचक्र्याई नगर्नु होला। काम गर्ने वातावरण विग्रिनेछ। आफुले सोचे जस्तो कहि कतै हुने छैन। अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला। व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन।श्वास गरे विकाले धोका दिनसक्छन्। आशा निरासामा परिणत हुनेछ।

कर्कटः– समयमा निर्णय लिन सकिएन भने आएको अवसर पनि गुम्न सक्छ होशियार रहनु होला। समस्याबाट टाढा बस्न पाईने छैन। व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन। अरुको भर परेर काम नगर्नु होला आफैलाई घाटा हुनेछ। पढाई लेखाईमा बाधा अवरोध आउन सक्छ। जोखिम पूर्णयात्रा नगर्नु होला।

सिंहः– दिन संघर्षमा वित्नेछ। सहज रुपमा काम गर्न पाईने छैन। बाधा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन। ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ। आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला। मेहनतपूर्वक गरेका काम सफल हुनेछन्।उपलब्धि पनि राम्रै हात लाग्नेछ। गोपनियता अप्नाउनु होला।

कन्याः– व्यापार व्यवसायबाट आम्दानी घट्नेछ। सहयोग गर्ने भन्दा माग्ने बढि होलान्। आलोचना सुन्नु पर्ला । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ। बाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। साथी भाई ईष्टमित्रको सहयोग मिल्नेछ।

तुलाः–सामान्यतया दिन अनुकुल देखिन्छ। आफनै बाहुबलबाट आर्थिक उन्नति हुनेछ। आफ्नो काममा अरुको मुख ताक्नु पर्ने छैन। अनुकुल बातावरणमा काम गर्न पाईने छैन। देखिएका सम्भावना क्षीण भएर जानेछन्। समस्या घट्ने भन्दा बढ्ने देखिन्छ। दैनिक काम काजमा अवरोध आउन सक्छ। गलत विचार बढ्नेछ। खर्चालु काम बढि हुनेछन्।

वृश्चिकः– सफलता असफलता तपाई आफ्नै हातमा रहनेछ। लगनशिल भई गरेका काम सफल हुनेछन्। अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ। आन्तरिक कुरा कसैलाई नखोल्नु होला। मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ। ऋण लगानी नगर्नु होला डुब्न सक्छ।

धनुः– समग्रमा दिन अनुकुल देखिन्छ। विगतका कमि कमजोरी सच्याउने मौका मिल्नेछ। कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ। एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ। पढाई लेखाईमा प्रगति हुनेछ। भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला। भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ।

मकरः– दिन प्रतिकुल रहेकोछ नयाँ काममा लगानी नबढाउनु होला। अरुलाई झट्ट विश्वास पनि नगर्नु होला धोका हुनेछ। व्यवसायमा अवनति हुनेछ। काम काजमा अवरोध आउनेछ। आर्थिक क्षेत्रमा समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन्। मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला।

कुम्भः–दिन उत्तम भन्दा बढि हुने छैन। हेलचक्र्याई नगरि काम गर्नु होला। विरोधी कमजोर हुनेछन्। मुद्धा मामिलामा जीत हुनेछ। लाभान्वित पनि हुनुहुनेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ। आफन्तबाट सहयोग सामान्य खालको मिल्नेछ। आर्थिक कारोवारमा भने सतर्क रहनुहोला । मांगलिक काममा सहभागिता भईनेछ।

मिनः– आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ। मान्यजनको सहयोग सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ। इज्जत प्रतिष्ठा बढ्नेछ। अवरुद्ध काम धेरै जसो फस्र्योट हुनेछन्। दिन राम्रै रहला। कुटनैतिक विधि अप्नाएर काम गर्नु होला। उपलब्धि मुलक काम हुनेछन्। आफुले गरेका काम अरुका लागि उदाहरणीय हुनसक्छन्।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता