दशैंका लागि भेडा च्याङग्रा बिक्री गर्न दाङका किसान गुल्मी तम्घासमा



अनिल खत्री

२० असोज, गुल्मी ।

हिन्दुहरुको महान पर्व दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि गुल्मी सदरमुकाम तम्घास ल्याउन थालेका छन् । दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानाको लागि भेडा च्याङग्रा किन्ने गर्दछन् ।

दशैंको लागि लक्षित गरेर बिभिन्न स्थानबाट तम्घास बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि कोभिडका कारण व्यापारीहरु न्यून रुपमा आएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा बिशेष गरि छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउन गर्दछन् ।

यस वर्षको वडादशैंका लागि दाङ घोराहीबाट गुल्मी सदरमुकार तम्घासमा भेडा बिक्री आएको र यसपाली पनि खासै ब्यापार नभएको भेडा व्यापारीको भनाई छ । कोभिड आउनुभन्दा पहिलाका वर्षहरुको दशंैमा सयौं भेडा च्याङग्रा बिक्री गरेको आलम दाङबाट आएका भेडा व्यापारी आलम कुरेसीले बताउनुभयो ।

एउटा भेडाको ८ हजार देखि १० हजार सम्म हेरिकन बिक्री गर्ने गरेको भेडा व्यापारी सबनम खातुनले बताउनु भयो । पहिले पहिले जस्तो व्यापार नभएको र यसपाली भने कोरोना महामारीले आफुहरु ठुलो नोक्सानी गरेको उहाँले बताउनु भयो ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि वढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ ।

गाउँमा खसी बोका पाल्ने किसान घटिरहेकाले पनि खसीबोका अभाव भएको हो । त्यसमाथि यस बर्ष कोरोना संक्रमण फैलिने डरले भेडा च्याङग्रा, खसी बोका मात्र हैन अन्य ब्यापार पनि सुस्ताएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता