गुल्मीमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण ,२३ जना संक्रमण मुक्त



केशब गौतम-गुल्मी ।

गुल्मीमा पछिल्लो २४ घण्टामा १५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । २ सय ६४ जनाको परिक्षण गर्दा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमित हुनेमध्ये जिल्लाको इस्मा गाउँपालिकमा ४ जना,रेसुङ्गा नगरपालिकामा ३जना, सत्यवती गाउँपालिकामा ३ जना,चन्द्रकोट गाउँपालिकामा २ जना र मुसिकोट नगरपालिका,धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा १ / १ जना गरि १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २३ जना निको भएर डिस्चार्ज भएका छन । यो संगै जिल्लामा २ हजार ८ सय ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित १ सय ९६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले उल्लेख गरेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहे संगै जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता