आशा अपांग केन्द्रलाई युके समाज द्धारा दुई लाख पचास हजार आर्थीक सहयोग



डिबि खड्का फागुन १ ।

गुल्मीको रेसुङा नगरपालिका वडा नम्बर दुइमा रहेको आशा अपाङ केन्द्र लाई गुल्मी जिल्ला युके समाजले दुई लाख रकम हस्तान्तरण गरेको छ । सोही अवसरमा प्रथम नौमति बाजा युके समाजले पनि पचास हजार आर्थीक सहयोग रकम हस्तान्तरण गरेको छ ।
वी.स २०६३ सालमा स्थापना भएको आशा अपाङ केन्द्र गुल्मी जिल्ला सङै छिमेकी जिल्लाका अपाङ्गहरुको निम्ति आशाको दियो बनेको छ ।

यस सस्था बाट अहिले सम्म करिब सात हजार भन्दा बढीले सेवा लिएका छन । भने सस्थालाई युके समाज विदेशी संघ सस्था साथै स्थानीय तहले समेत आर्थिक सहयोग गदै आएका छन । गुल्मी जिल्ला युके समाजले मात्र सन २०११ देखि अहिले सम्म ४४ लाख रकम सहयोग गरेको आशा अपाङ्ग केन्द्रकी व्यवस्थापक गङा रायमाझीले बताईन । बिहिवार सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै गुल्मी जिल्ला युके समाजका अध्यक्ष ओम थापाले आशा अपांग केन्द्रलाई स्थानीय तहले सहयोग गर्नु पर्ने बताएका छन् । पछिल्लो समय दाताहरु खस्कीदै गई रहेको बताउदै उनले यस संस्थालाई स्थानीय तहले आफ्नो बनाउन पर्ने धारण व्यक्त गरेका हुन । त्यस्तै यता रेसुंगा नगरपालिकाकी उपमेयर सीता भुसालले आशा अपांग केन्द्रले समाजमा निकै राम्रो काम गरेको बताउदै नगर बाट सक्दो सहयोग गर्ने प्रतीबद्धता व्यक्त गरेकी छन् । कार्यक्रमा नेपाली कांग्रेसका नेता भुवन श्रेष्ठ लगाएतले आफ्ना बिचार व्यक्त गरेका थिए भने संस्थाकी व्यवस्थापक गंगा रायमझीले संस्थाको अवस्था बारे जानकारी गराएकी थिईन ।

आशा अपांग केन्द्रले गदैं आएका कार्यहरु ।

वि स २०६३ सालमा स्थापन भएको आशा अपांग केन्द्र वास्तवमै अपांगहरुको निम्ती आशाको दियो बनेको छ । घर परिवार तथा समाज बाट उचित संरक्षण नपाएका अपांगहरुको उज्जवल भविष्य कोरी दिएको छ । अपांगहरुको क्षमता विकास तथा जिवन स्तरमा सुधार गर्ने,स्वास्थ्य जाँच,परामर्श,शिक्षा उपचार तथा आर्यआर्जनका कार्यक्रम बाट अपांगहरुको पुर्नस्थापना गर्ने,सामाजिक विभेद हटाउने, व्यवसायिक तालीम तथा रोजागारी प्रदान गर्ने र अपांगहरुको अधिकार सुनिश्चतका लागी जनचेतना फैलाउने जस्ता कार्य हरु यस संस्थाले गदै आएको छ ।

आर्थीक वर्ष २०७५,७६ मा आशा अपांग केन्द्रले चार महिला र चार पुरुष गरि आठ जनालाई रोजगारी दिएको छ । त्यस्तै एक सय ८७ महिला , १५४ जना पुरुष र अन्य तीन जना गरि तीन सय ४१ जनालाई निःशुल्क अपांगता स्वास्थ्य परिक्षण ,परार्मश तथा सहायक सामाग्री वितरण गरेको छ ।
१२ महिला नौं पुरुष गरि २१ जनालाई शिक्षामा सहयोग गरेको छ भने ,नौ महिला र सात पुरुषको घरमा अपांगता सहज चर्फी तथा आगन निमार्ण यस सस्थाले गरि दिएको छ ।
त्यस्तै सहायक सामाग्री वितरण,आय आर्जन तथा जिविकापार्जन,टेवा तथा व्यपार व्यवसाय सञ्चालन,खाना तथा खाजा,मनोसामजिक परार्मश र लत्ता कपडा सहयोग गरेको छ । जसमा चार ११ जना महिला र तीन सय ९१ पुरुषले सेवा लिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता