मंसिर १४ मा गुल्मीमा वडाध्यक्षको पदमा पुनःनिर्वाचन हुँदै



हुमाकान्त पोखरेल गुल्मी
आगामी मंसिर १४ गते हुने पुनः निर्वाचनमा गुल्मीमा एक वडाध्यक्षको पदमा निर्वाचन हुने भएको छ । जिल्लाको रुरु गाउँपालिका वडा नम्बर ६ को रिमुवामा अध्यक्ष पदको लागि पुनः निर्वाचन हुने भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

वडाका अध्यक्ष पुर्ण बहादुर रेगामीको २०७५ साउन १३ गते नि८धन भएको थियो । उनले पूर्व एमालेको तर्फबाट उम्मेद्धारी दिई वडाध्यक्षको पदमा जित हाँसिल गरेका थिए । उनले ६२८ मत ल्याएका थिए भने उनको प्रतिद्धन्ति नेपाली काङ्ग्रेसका वेद बहादुर दर्लामीले ६१९ मत ल्याएका थिए । २०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचन अनुसार उक्त वडामा कुल एक हजार ९६७ मतदाता रहेका छन् । तर अन्तिम नामावली भने अझै प्रकाशन नभएकोले उक्त सङ्ख्यामा भने केहि हेरफेर हुनसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ का वडासदस्य थम्मन बहादुर बस्नेतको पनि ०७४ भदौ २६ गते नि८धन भएको थियो । तर वडाध्यक्ष, स्थानीय तहको उपाध्यक्ष, अध्यक्ष, प्रदेश र प्रतिनिधिसभा सदस्य बाहेक अन्य सदस्यहरुको हकमा पुनस् निर्वाचन हुने व्यवस्था छैन । जसले गर्दा गुल्मीदरबारमा पुनस् वडासदस्यको पदमा निर्वाचन नहुने कार्यालयका प्रमुख पोखरेलले स्पष्ट पारे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता