प्रभावकारी बन्दै कपडा बैंक



कपडा बैंक नाम सुन्दा जो कोहि लाई अचम्म लाग्न सक्छ । तर यहि अचम्म पार्न नामले समाजका धेरै गरिव तथा निम्न वर्गका मानिसलाई भने राहतको महसुस गराएको छ ।

तपाईहरुले दिनुहोस साथ उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात भन्ने मुख्य उदेश्यलाई आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण ले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सन्चालनमा ल्याएको कपडा बैंक प्रभावकारी बन्दै गएको छ । कपडा बैंकलाई सन्चालनमा गरि समाजमा रहेका गरिव,अशक्त तथा निम्न वर्गका मानिसहरु लाई केही हद सम्म भए पनि सहयोग पुर्याउने उदेश्यले यहि साउन १६ गते देखि कपडा बैंक सन्चालन आएको हो । विभिन्न सामाजिक ब्याक्तीत्व, जनप्रतिनिधि ,सरसफाइ अभियान्ताहरु ,को उपस्थित मा सुरुवात गरिएको अभियान ले समाज मा रहेका दिन दुखी जसले न्यानो को अनुभुती गर्न पाएका छैनन त्यस्ता व्याक्ती ले यी कपडा हरु सदुपयोग गर्न पाउँदा आफुमा खुसी छाएको संस्थाका अध्यक्ष भरत पुरिले उल्लेख गरे ।

त्यस्तै संस्थाका कोषाध्यक्ष मदन ज्ञवालीले धेरै व्याक्तिले सहयोग गर्दै आउनु भएको छ र यो अभियान कुनै लगानी बिना सजिलैसङ चलाएका छौ साथै यसै अभियान बाट हरेक ठाउँका युवा हरुमा सकारात्मक सोच र उर्जा प्रदान गर्न सहयोग मिल्नेमा आफू आशावादी रहेको उल्लेख गरेका थिए । अहिले उक्त कपडा बैंक बाट दैनिक ८० -९० जनाले सेवा लिईरहेको संस्थाका भरत क्षेत्रीले जानकारी दिएका छन ।

डि.बी खड्का

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता