गुल्मीमा पसलमा आगलागी हुँदा ३५ लाख भन्दा धेरैको क्षेती



कात्तिक २० गुल्मी ।

गुल्मीमा पसलमा आगलागी हुँदा पार्किङ गरेका मोटरसाइकलसहित ३५ लाखको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ७ देउराली चारपाला फेदिको टोप बहादुर बस्नेतको टिनले छाएको २ तले कच्ची किराना पसल राखेको घरमा एक्कासी आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आगलागीबाट एक सय ५० सिसीको एक पल्सर मोटरसाइकल, एक हिरो होण्डा मोटरसाइकल, ग्यास सिलिन्डर चार वटा, चामल २५ केजीका २० बोरा र अन्य सामान सहित नगद दुई लाख र करिब ३ तोला गहना र कपडा गरि ३५ लाखको क्षति भएको छ । गएराती करिब साढे १२ बजेको समयमा लागेको उक्त आगो साढे तीन बजेको समयमा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता