महिला पत्रकारका लागि वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक तालिम



रिया बस्नेत, बुटवल साउन ३१
पत्रकार महिलाका लागि वातावरणीय तथा वन्यजन्तु अपराध नियन्त्रण विषयक तालिम रुपन्देहिको बुटबलमा समपन्न भएको छ ।

नेचर मिडिया नेटवर्क र सञ्चारिका समुहको समन्वय तथा हरियो वन कार्यक्रमको सहयोगमा तालिमको आयोजना गरिएको हो । तालिममा प्रदेश नम्बर ५ अन्तर्गतका रुपन्देहि,गुल्मी,अर्घाखाँचि र कपिलबस्तु लगायतका जिल्लाहरुका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।

तस्वीर ःरिया बस्नेत

वन तथा वन्यजन्तु संरक्षण गरि यस क्षेत्रमा महिलाको सभागिता बढाउने तथा लेखन क्षेत्रमा पत्रकार महिलाको संख्या बढाउने तालिमको मुख्य उद्देश्य रहेको सञ्चारिक समुह प्रदेश नम्बर ५ की महासचिब अमृता अनमोलले जानकारी दिएकी थिईन् । तालिममा रुपन्देहि जिल्ला र आसपासका क्षेत्रमा वन्यजन्तु अपराधको अवस्था, नियन्त्रण भएका प्रयासहरु, वन र वन्यजन्तु अपराध नियन्त्रण भएको तथ्याङ्क, रुपन्देहि जिल्लाको मुद्धाको विवरण, जैविक विविधता संरक्षणमा नेपालको कानुन राष्ट्रिय वन नितिका बिषयमा पत्रकार महिलालाई जानकारी गराईएको थियो ।

तस्वीर ःरिया बस्नेत

नेपालका विभिन्न राष्ट्रिय निकुञ्जमा रहेका लोपउन्मुख तथा संरक्षण गर्नुपर्ने जंगली जनावर, सरीश्रीप तथा चराचुरुङ्गीहरुको तथ्याङ्क देखाईएको थियो । तस्तै डिभिजन वन कार्यलयका रुपन्देहिका अधिकृत ईन्द्र बहादुर प्रछाई का अनुसार नगर्न भनेको कुरा गर्ने तथा गर्न भनेको कुरा नगर्ने दुवै जना अपराधी भएको बताउदै , उनले, वन्यजन्तु अपराधमा संलग्न हुनेलाई कानुनी दायरामा ल्याउन समेत सुझाव दिए।

तस्वीर ःरिया बस्नेत

तेस्तै प्रमुख प्रशिक्षक श्याम बजिमाया ले पनि राष्ट्रिय वन्यजन्तु अपराध तथा नियन्त्रण, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण, वन्यजन्तु संरक्षण ऐन, वन्यजन्तुको चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणको बारेमा जानकारी दिए। विभिन्न माध्यमबाट वन्यजन्तुको अपराध नियन्त्रण गर्नु पर्छ । खुुल्ला सिमानाका भएका कारण पनि चोरी सिकारी भएको पाईन्छ । वन्यजन्तु अपराध नियन्त्रणमा पत्रकार महिलाले पनि ठुलो भुमिका निर्वाह गर्न सक्छन् ।’

तालीम समापन पछी सामुहिक तस्वीर लिदैं महिला पत्रकार, तस्वीर ःरिया बस्नेत

वन क्षेत्रमा महिलाको हक अधिकार स्थापित गर्न, क्षमता अभिवृद्धि र प्राकृतिक स्रोत व्यवस्थापनमा महिलालाई अब्बल बनाउन आवश्यक रहेको छ । धेरै जसो महिलाको दैनिकि वन संग जोडिएको हुन्छ । वन महिलाहरुको ठुलो चुनौती हो । महिलाको वन माथिको अधिकार तथा सुरक्षा सुनिश्चित गर्दै समृद्घिको बाटोमा लैजान पहल गर्नु पर्ने सञ्चारिक समुहकी अध्यक्ष नीतु कंडेलले बताईन् । वनले लाखौ महिलाको जीवन निर्वाह र लैंगिक समानता कायम राख्न योगदान गरेको छ । महिलाहरू प्रत्यक्ष रूपमा वन संरक्षणमा संलग्न रहने हुँदा संघीय संरचनामा वन नीति महिलामैत्री हुनुपर्ने र महिलाको सशक्तिकरणमा पनि वनले महत्वपूर्ण योगदान गरेको बताईन् कंडेलले बताईन ।

नेपालमा वन्यजन्तुको चोरी शिकारीको अवस्था, वन्यजन्तु अपराध नियन्त्रणमा आईपरेका चुनौती तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि आगामी दिनमा कसरी अगाडि बड्ने बारेमा वातावरण पत्रकार पिताम्बर सिग्देलले बताए । नेपालमा विभिन्न प्रजातिका जनावरको चोरी सिकारी, तथा ओसार पसार भईरहेको छ र वन्यजन्तु जोगिनु नै वनजंगल जोगिनु हो । यसले मानव जातिलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा फाइदा हुने भएकाले वनजंगल संरक्षण गर्नुका साथै वन्यजन्तु अपराध नियन्त्रणमा हामी अग्रसर हुन जरुरी छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता