तम्घासस्थान संयुक्त मन्दिरको ४३ औँ वार्षिकोत्सव तथा २१ औँ साधारण सभा सम्पन्न



गुल्मी साउन ३२ मनु सुनार ।

तम्घासस्थान संयुक्त मन्दिर व्यवस्थापन समिति रेसुङ्गा नगरपालिका –१ तम्घास गुल्मीको ४३ औँ वार्षिकोत्सव तथा २१ औँ साधारण सभा सम्पन्न भएको छ । उक्त मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नर प्रसाद श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगर–प्रमुख डिल्लीराज भुसालको प्रमुख आतिथ्यता रहेको थियो ।

४३ औँ वार्षिकोत्सव तथा २१ औँ साधारण सभा उद्धघाटन गदै मेयर डिल्लीराज भुसाल । 

भने कार्यक्रममा गुल्मी उद्योगा वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामी,धागीँथुम भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापा,तम्घास्थान मन्दिर व्यवस्थापन समिति उपल्लो तम्घासका अध्यक्ष चन्द्रमणि पाण्डेय,राधामाधव समिति गुल्मीका संयोजक महाशर्मा भण्डारी,सत्यसाई सेवा केन्द्र गुल्मीका प्रमुख अशोक पाण्डेय,दद्धैत संस्था गुल्मीका निरिक्षक मठुरा प्रसाद श्रेष्ठ,नेपाल पूर्व प्रहरी सङगठन गुल्मीका अध्यक्ष देवीराम खनाल,रेसुङ्गा नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी पाण्डेय लगायत जिल्लास्थित प्रतिष्ठित व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

सो अवशरमा रेसुङ्गा नगरपालिका वडा नं–२ मिलनचोक निवाशी सुर्यप्रसाद पन्थीले मन्दिरमा रु ५१ हजार पाँच सय बराबरको अक्षयकोषको स्थापना गर्नुभएको छ । भने गुल्मी उद्योगा वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामी,छत्रदेव गाउँपालिका अर्घातोस निवाशी दिलिप कुमार श्रेष्ठ,रेसुङ्गा नगरपालिका वडा नं–१ मिलनचोक निवाशी यज्ञप्रसाद पन्थी,अर्घाखाँचीको वाङला घर भई हाल तम्घासमा व्यवसायी गदै आउनुभएका केशव अधिकारी तथा रेसुङ्गा नगरपालिका–१ पुतली बजार निवाशी मिलन फुल्देलले मन्दिरको आजीवन सदस्यता लिनुभएको छ ।
उक्त अवशरमा आगामी भाद्र ६ गते परेको श्रीकृष्ण जन्माष्टी पर्वलाई विविध कार्यक्रमका साथ मनाउन विभिन्न दश उप–समिति गठन गरी कार्य विभाजन गरिएको छ । जसमा श्रीकृष्णजन्माष्टीका दिन विविध पुजाआजासहित भजनकृर्तन गरीने छ । भने श्रीकृष्णजन्माष्टीको भोलीपल्ट साउन ७ गते रथयात्रा,रोपाई जात्रासँगंै विविध सांस्कृति कार्यक्रम भव्यताका साथ तम्घासकै पर्वको रुपमा मनाउने गरी निर्णय भएको बताईएको छ ।

तम्घासस्थान संयुक्त मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णप्रसाद पोखरेलले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने कोषाध्यक्ष ज्ञानराज मरासीनीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष नन्दराम भुसालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता