सुदर्शन बराल बने माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्ष



चैत- २ गुल्मी ।

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन् । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।

अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन् । लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकलाई सम्बोधन गर्दै नेता वर्षमान पुनले अब लुम्बिनी प्रदेश (माओवादी केन्द्र) को आधार इलाका भएको बताउँदै आगामी निर्वाचनमा पनि माओवादी केन्द्रको आधार इलाका रुपमा विजय बनाउनका लागि एक ढिक्का भएर लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए ।

उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव) मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।
स्रोत रातो पाटी

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता