चैत २५ देखी बैशाख ४ गते सम्म चौथो गुल्मी महोत्सव हुने !



फागुन २४ गुल्मी ।

गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा चौथो गुल्मी महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघ गुल्मीले आगामी चैत २५ गते देखी बैशाख ४ गते सम्म सदरमुकाम तम्घासमा महोत्सव सञ्चालन हुने जानकारी गराएको हो ।
गुल्मी जिल्लाको सम्पन्नता र समृद्धि निकास: स्वास्थ्य,कृषि ,पर्यटनमा आधारित व्यापारको विकास भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरिएको उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ ।
त्यस्तै जिल्लाको कला सँस्कृतिको प्रचार प्रसार, जगेर्ना ,स्थानीय उत्पादन,स्थानीय व्यवसायीलाई प्रोत्साहन गर्ने गरी महोत्सवको तयारी गरिएको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पौडेलले बताए ।
साथै कोभिड १९ को महामारीका कारण थला परेको अर्थतन्त्र संगै सुस्ताएको जिल्लाको आर्थिक कारोबारलाई माथि उकास्न महोत्सवले टेवा पुराउने अपेक्षा आयोजकले लिएको छ । स्थानीयलाई नै प्राथमिकमा राखेर जिल्लाको पैसा बाहिर जान नदिने गरी महोत्सव सञ्चालन गर्ने वाणिज्य संघले प्रतिबद्धता समेत जनाएको छ । राजनीतिक कारणले जिल्लाका व्यवसायीहरु दुइ धारमा देखिएको भन्दै यस महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने र व्यवसायीहरु सबै एकै ठाउँमा छन भन्ने संदेश समेत दिने वाणिज्य संघले जनाएको छ ।
महोत्सवलाई व्यवस्थित ,मर्यादित ढंगले सम्पन्न गर्नको लागी विभिन्न ३४ वटा उपसमिति गठन गरिएको प्रचार प्रसार समितिका संयोजक तारा भुसालले जानकारी दिए । महोत्सव बाट जम्मा भएको नाफाको ४० % रकम सामाजिक क्षेत्रमा खर्च गर्ने बताईएको छ । यस अघिका महोत्सवमा पनि ,धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा,मदाने गाउँपालिकामा रहेको पर्यटकीय स्थान कङेके देउराली,रेसुङा क्षेत्रमा आर्थिक सहयोग प्रदान गरेको उद्योग वाणिज्य संघ गुल्मीले जानकारी दिएको छ । महोत्सवमा सेल्फी टावर, झन्डै ७० मिटर अग्लो त्रिशुल मुख्य आकर्षकको रुपमा राखिने  छ । दैनिक नौ हजार भन्दा धेरैले महोत्सवको अवलोकन गर्ने अपेक्षा आयोजकको रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता