गुल्मीको छत्रकोटमा जिपलाईन सञ्चालन गरिने



पर्यटक आर्कषित गर्न छत्रकोटमा जिपलाईन संचालन गरिने भएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै आयमा वृद्धि गर्ने उद्धेश्यले छत्रकोटको हनुमान मन्दिरदेखि छत्रदेव मन्दिरसम्म जिपलाईन संचालन गर्ने योजना अगाडि सारिएको हो ।

छत्रकोट देवालय गुल्मी क्षेत्रकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक धरोहर भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको नियमित गन्तव्यका रुपमा स्थापित गर्न जिपलाईन यस क्षेत्रका लागि नौलो र थप प्रभावकारी हुने देखिन्छ ।

छत्रकोट गाउँपालिकाको आर्थिक वर्ष ०७९ ०८० को वार्षिक नीती तथा कार्यक्रममा स्थानीय पर्यटन प्रर्वद्धन गर्न नीजी क्षेत्रलाई आव्हान गरी भेंडुवामा स्तरीय होटल समेत संचालन गर्ने विषय उल्लेख छ ।

गाउँपालिकाभित्रका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रचारप्रसार गरी पर्यटक आकर्षण बढाउन पूर्वाधार निर्माणमा पनि जोड दिइने भएको छ ।

स्रोत देशदर्शन टिभि

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता