बुटवलमा रगत अभाव भएपछि गुल्मीको रिडीमा संकलन गरियो ७० पिन्ट रगत !



असार- १९ गुल्मी । 

गुल्मीको रुरु क्षेत्र गाउँपालिका -१ रिडीमा रक्तदान कार्यक्रम सम्मन्न भएको छ ।
रुरु प्राथमिक स्वास्थ्य केन्द्रको आयोजना तथा नेपाल रक्तदान स्वयमसेविका रुपन्देही -गुल्मी सेवा समाजको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
शनिबार भएको रक्तदान कार्यक्रममा त्यहाँका वडा अध्यक्ष रामलाल विक सहित ७० जनाले रक्तदान  गरेका छन् । रक्तदान कार्यक्रम बाट ७० पिन्ट रगत संकलन भएको रुरु प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर विकास पन्थीले जानकारी दिए ।
कोरोनाको माहमारीका कारण बुटवलमा रगतको अभाव भएपछि नेपाल रक्तदान स्वयसेविका रुपन्देही -गुल्मी सेवा समाजको सक्रियतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । संकलन भएको रगत बुटवलको बल्ड बैंकमा पठाईनेछ ।
त्यस्तै रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले महामारीको समयमा रक्क्तदान कार्यक्रम आयोजना गर्ने र रगत दान गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता