मृगौला पिडित खड्कालाई १० लाख भन्दा बढी आर्थीक सहयोग ।



कौरव खत्री
बागलुङ २५ माघ ।
बागलुङ गलकोटकी मृगौला पिडित महिलालाई नगद रकम सहयोग गरिएको छ । गलकोट नगरपालिका १ निवासी ११ बर्षीय मृगौला पिडित मनदिप खड्कालाई नगद रकम सहयोग हस्तान्तरण गरिएको छ ।
गलकोट नगरपालिका ३ निवासी हाल रोजगारीको शिलशिलामा जापानमा रहेका समाजसेवी हरिश साहनीको संयोजकत्वमा जापानमा रहेका सम्पूर्ण नेपालीहरुबाट संकलन गरि पठाएको नगद रु।७लाख ३६ हजार २सय रुपैया रकम मृगौला पिडित खड्कालाई गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले पिडित खड्कालाई विहिवार हस्तान्तरण गरेका थिए । केहि महिना अगाडी मृगौला पिडित खड्कालाई २लाख ८० हजार नगद हस्तान्तरण गरि सकिएको छ । दुई चरणमा गरि मृगौला पिडितका कुल १०लाख,१६हजार,२सय को आर्थिक सहयोग गरिएको छ ।

 


घरको आर्थिक अवस्था निकै कमजोर रहेको खड्काको दुवै मृगौला फेल भएर पिडित भएका ख्डकाको स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने गलकोट नगरपालिका ३ का वडाअध्यक्ष विरजङ्ग भण्डारीले जानकारी दिए ।
केहि महिना अगाडी मृगौला पिडित खड्कालाई २लाख ८० हजार नगद हस्तान्तरण गरि सकिएको छ । रकम सहयोग गर्ने सम्पूर्ण नेपाली सहयोगदाताहरुलाई वडाअध्यक्ष भण्डारीले धन्यवाद दिए । रकम हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय समाजसेवी, महिला लगायतको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता