रेसुङ्गा बहुमुखी क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी



प्रेम सुनार जेठ २९ गुल्मी ।

गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा श्रीप्रसाद भलामी निर्वाचित भएका छन् । शनिवार सम्पन्न सो क्याम्पसको ३७ औं क्याम्पस सभा निर्वाचनबाट भलामी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

समितिको उपाध्यक्षमा धर्म बिश्वकर्मा, कोषाध्यक्षमा दुर्गाचन्द्र बोहरा पनि सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता बिष्णु प्रसाद बरालले जानकारी दिए । उनका अनुसार क्याम्पस सभाबाट छविलाल पन्थी, पार्वती थापा , हरिकुमार श्रेष्ठ, गोपालप्रसाद भुसाल, पुर्णबहादुर खत्री, दुर्गाप्रसाद पाण्डे, यज्ञप्रसाद पन्थी, ठाकुर पाण्डे र हरिप्रसाद न्यौपाने सञ्चालक समिति सदस्यमा निर्वाचित भएका छन् ।

१९ सदस्यीय क्याम्पस सञ्चालक समिति रहने प्रावधान रहेको र जस मध्ये ११ जना निर्वाचित भएको, एक जना निर्वाचित समितिको पहिलो बैठकबाट मनोनयन गरिएको र बाँकी विभिन्न क्षेत्रबाट मनोनयन गरिने समितिका सदस्य सचिव समेत रहेका क्याम्पस प्रमुख हरिबहादुर खत्रीले जानकारी दिए ।

यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो । क्याम्पस सभामा रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता