बजेट अभावका कारण बन्द भयो तम्घासको कोभिड -१९ परिक्षण प्रयोगशाला



माघ -७ गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका ९ मा रहेको कोभिड १९ परिक्षण प्रयोगशाला बन्द भएको छ । बजेट अभावका कारण गएको असोज महिना देखी प्रयोगशाला बन्द भएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए ।
२०७७ असोज ७ गते देखी परिक्षण सुरु गरिएको उक्त प्रयोगशाला एक वर्ष मात्रै चल्न सक्यो । प्रयोगशाला धेरै खर्चिलो भएका कारण सञ्चालन हुन नसकेको बताईएको छ ।

एक वर्षमा ७१ लाख रकम खर्च भएको छ । जसमा केन्द्रिय सरकारले १५ लाख र जिल्लाका १२ वटा स्थानीय तहले ५६ लाख रकम उपलब्ध गराएको थिए । त्यस्तै कोभिड १९ परिक्षण प्रयोगशालाको भौतिक देखी प्राविधिक व्यवस्थापनमा एक करोड ९७ हजार दुई सय ५४ रुपैयाँ खर्च भएको रेसुंगा नगरपालिकाले जनाएको छ । अहिले बिरामीहरुको स्वाव संकलन गरेर भैरहवा पठाउनु पर्ने बाध्यता छ भने परिक्षणको रिपोट पनि ढिलो आउने गरेको छ ।

पिसिआर परिक्षणको विकल्पमा एन्टिजोन विधि प्रयोग गर्ने र प्रयोगशाला सञ्चालन गर्दा धेरै खर्च हुने हुदाँ प्रयोगशाला सञ्चालन तर्फ कसैको ध्यान नगएको बुझिएको छ ।पछिल्लो समय गुल्मीमा कोरोनाका बिरामी ह्यातै बढेपनि प्रयोगशाला सञ्चालन गर्ने तर्फ कसैको ध्यान पुग्न सकेको छैन् । यो समाचार तयार पार्दा सम्म गुल्मीका एक सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।
कोभिड १९ परिक्षण प्रयोगशाला सञ्चालनमा आउदाँ ६ जना स्वास्थ्यकर्मी र अन्य तीन जनाले रोजगार समेत पाएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता