हत्या गरेको आरोपमा गुल्मीमा २ जना पक्राउ !



भदौ -२८ गुल्मी ।

गुल्मीमा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादी रहेका छन् ।

चन्द्रकोट गाउँपालिका –७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी पुरुषत्तम पाण्डेले जानकारी दिए । भदौ २४ गते मादक पर्दाथ सेवन गरेर चन्द्रकोटको मजुवा बजार नजिकै उनलाई कुटपिट गरिएको बताईएको छ ।

कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार घरै बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

घटना बारे अदालत बाट म्याद थप गरी अनुसन्धान थालिएको छ । मृतक शिवबहादुर पुलामी र हत्याका आरोपीहरु नातागोता रहेको प्रहरीको प्राम्भिक अनुसन्धानमा खुलेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता