एकीकृत समाजवादी पार्टी धुर्कोट गाउँपालिकाका उपाध्यक्ष एमालेमा प्रवेश



अनिल खत्री- माघ ३ गुल्मी ।

गुल्मीमा नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) धुर्कोट गाउँपालिका उपाध्यक्षले पार्टी परित्याग गरेका छन् । सो पार्टीका गुल्मी धुर्कोट गाउँपालिका उपाध्यक्ष भेष बहादुर घर्ति नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी एकीकृत समाजवादीको भेलाबाट उपाध्य पदमा सर्वसम्मत निर्वाचित भएका घर्तिले पार्टीबाट राजिनामा दिएर नेकपा एमालेमा प्रबेश गरेका हुन् । उनले उक्त पार्टीबाट क्रान्ती परिर्वतन हुने कुनै आधार नभएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

घर्तिले एकीकृत समाजवादी पार्टी कुनै बिचार, सिद्धान्त देश र जनताको हितमा नभएका कारण उक्त पार्टीमा रही काम गर्न उपयुक्त नभएकाले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् । उनले अब उप्रान्त नेकपा एमालेमा रहि सक्रिया भूमिका निर्वाह गरि देश र जनताको पक्ष काम गर्ने अठोट लिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता