विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै पत्रकार महासंघ गुल्मीको बैठक सम्पन्न



पुस २४- गुल्मी ।

नेपाल पत्रकार महासंघ गुल्मीको बैठक सम्पन्न भएको छ । शुक्रबार महासंघको कार्यालयमा बसेको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ ।
बैठकले कोभिड १९ बुलेटिन प्रकाशन गर्ने, सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने ,पुन स्थापना केन्द्रको लागी पहल गर्ने लगायतका महत्त्वपूर्ण निर्णय गरेको हो । निर्णयहरु उचित तवरले कार्यान्वयन गर्नको लागी विभिन्न समिति तथा उपसमिति समेत गठन गरिएको छ ।
कोभिड १९ बुलेटिन प्रकाशनको लागी उपाध्यक्ष रेशम कुवंरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

त्यस्तै जिल्लाका स्थानीय तहका प्रमुख , प्रमुख प्रशासकीय अधिकृत तथा सुचना अधिकारी र जिल्लाका कृयाशिल पत्रकार बिच सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रमको लागी सह सचीव तिलाचन पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
जिल्लामा पुन स्थापना केन्द्रको पहल गर्नेको लागी जिल्ला अध्यक्ष टोपलाल अर्यालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले जिल्लाका सरोकारवाला सङ समन्वय गरेर पुन स्थापना केन्द्रको स्थापनको लागी पहल गर्ने छ ।

बैठकमा सदस्यता सार्नका लागि निवेदन दिएका महासंघका सदस्यहरुको निवेदन उपर पनि छलफल भएको छ । प्रदेश र केन्द्र सङ समन्वय गरेर सदस्यता सार्न निर्णय गरिको छ । बैठक नेपाल पत्रकार महासङ गुल्मीका अध्यक्ष टोपलाल अर्यालको अध्यक्षता र सचिब प्रेम सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता