श्यामकला पाण्डे बचाउ अभियान द्धारा संकलीत रकम हस्तान्तरण ।



मेरुदण्ड भँचिएर उपचार गराइरहेकी अर्घाखाँचीको छत्रदेव ७ कि श्यामकला पाण्डेको उपचारका लागि ३ लाख ३३ हजार रुपैयाँ हस्तान्तरण गरीएको छ ।
श्यामकला पाण्डे बचाउ अभियानले संकलन गरेको ३ लाख ३३ हजार ४६ रुपैयाँ उनको उपचार भइरहेको शुष्मा कोइराला मेमेरीयल अस्पत्ताल साँखुमा पुगेर हस्तान्तरण गरिएको हो । पाण्डेका छिमेकी सुजन न्यौपानेले श्यामकला बचाउ अभियान शुरु गरेपछि दुवईमा बलराम न्यौपाने र गीता पाण्डे तथा कतारबाट बुद्धभूमी कपिलवस्तु सेवा समाजका महासचिव राजेन्द्र पाण्डेको पहलमा उक्त रकम संकलन भएको थियो ।

१२ जेठमा घाँस काट्दै गर्दा रुखबाट लडेर मेरुदण्ड भाँचिएकी पाण्डेको आर्थिक स्थीति कमजोर भएका कारण उपचारका लागि छत्रदेवबासीले सहयोग अभियान चलाएका हुन् । रकम बुझेपछि श्यामकललाले आफू पहिला बोल्न पनि नसक्ने अवस्थामा रहेको र अहिले सबैको सहयोगको कारण बोल्न सम्म सक्ने अवस्थामा रहेको प्रतिकृया दिइन् । पहिला हात खुट्टै नचल्ने उनका हातहरु चल्न थालेका र खुट्टा नचलेपनि छुँदा थाहा पाउने अवस्था आएको अस्पत्तालले जनाएको छ । छोरी एक वर्षकी हुँदा श्रीमान गुमाइसकेकी उनले स्थानीय भगवती प्राविमा कार्यालय सहयोगीको रुपमा काम गरेर गुजारा चलाउँदै आएकी थिइन् ।
आमाको मेरुदण्ड भाँचिएपछि बिबिएस चौँथो वर्षमा अध्ययनरत उनकी छोरी अनिताको परिक्षा पनि छुटेको छ । ‘बाबुलाई पनि देख्न पाइन, आमाको अवस्था पनि चिन्तालाग्दो छ ।’ छोरी अनिताले भनिन्, ‘कर्मले ठग्यो, भाग्यलाई दोष दिनुबाहेक विकल्प छैन ।’ आफन्त र सहयोगीहरुको सहयोगका आधारमा उपचार गराएकी उनको २८ जेठमा राष्ट्रिय ट्रमा सेण्टरमा अप्रेसन भएको थियो । यसअघि पनि ४ लाख पाँच सय रुपैयाँ संकलन भएको र उनको उपचारका लागि मात्रै ५ लाख रुपैयाँ खर्च भएको अनिताले बताइन् । “डक्टरले केहीसमयपछि फेरी अर्को अप्रेसन गर्नुपर्छ भन्नुभएको छ तर अहिलेसम्म सहयोगबाट बँचेको पैसाले अप्रेसन गर्न पुग्दैन होला” उनले भनिन् ।
अनिताले सबैसँग आफ्नो आमाको जीवन बचाउनको लागि आर्थिक सहयोगको अपेक्षा गरेकी छन् । सहयोग गर्नका लागि अनिताको नाममा एन्।एम्।बी। बैंकको खाता नम्बर ०४७००६२५३९७०००१२ रहेको छ । प्रत्यक्ष सहयोग गर्नेहरुका लागि ९८५७०४९३३३ वा ९८६७१९२७२८ नम्बरमा सम्पर्क गर्न उनका आफन्तले अनुरोध गरेका छन् । संकलित रकम लिएर गुल्मीबाट अभियन्ता सुजन र कतारबाट राजेन्द्र सहित भानुभक्त मरासिनी, कृष्ण प्रसाद पाण्डे, तारा प्रसाद फुल्लेल, लक्ष्मण पन्थी, महेन्द्र श्रेष्ठ, शोभाखर न्यौपाने, युवराज पाण्डे, हिमाल पाण्डे, राजु पाण्डे, शिवदेव पाण्डे, सचिन पाण्डे, तेजेन्द्र शमसेर पाण्डे लगायतका सहयोगीहरु अस्पत्ताल पुगेक थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता