गुल्मीमा ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन (कुन पालिकामा कती बजेट हेर्नुहोस)



जेठ १९ गुल्मी ।

संघीय सरकारले आगामी आर्थिक वर्षको लागि गुल्मी जिल्लाको लागि साढे ४ अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाको लागि ४ अर्ब ५१ करोड ९६ लाख बजेट विनियोजन गरिएको हो।

जिल्लाका दुई नगरपालिकाको लागि ८९ करोड ६५ लाख र १० गाउँपालिककाको लागि ३ अर्ब ६२ करोड ३१ लाख बजेट विनियोजन भएको हो।

मुसिकोट नगरपालिकाको लागि ४८ करोड ५२ लाख बजेट छुट्याइएको छ। रेसुङ्गा नगरपालिकामा कुल ४१ करोड १३ लाख बजेट छुट्याइएको छ। गाउँपालिकातर्फ सबैभन्दा बढी बजेट धुर्कोटका लागि ४० करोड ६३ लाख छुट्याइएको हो।

मालिका गाउँपालिकाको लागि ३९ करोड १५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। छत्रकोट गाउँपालिकाको लागि ३८ करोड ५८ लाख रुपैयाँ बजेट छुट्याईएको छ।

यसैगरी इस्मा गाउँपालिकाको लागि ३१ करोड ३ लाख बजेट छुट्याइएको छ। कालीगण्डकी गाउँपालिकाको लागि ३४ करोड ४३ लाख बजेट तय गरिएको छ। गुल्मी दरबारको लागि ३२ करोड १९ लाख बजेट विनियोजन गरिएको छ।

चन्द्रकोट गाउँपालिकालाई ३३ करोड ८४ लाख बजेट छुट्याइएको छ। मदाने गाउँपालिकाका लागि ३८ करोड २० लाख बजेट छुट्याइएको छ। रुरुको लागि कुल ३६ करोड १६ लाख बजेट छुट्याइएको छ। सत्यवति गाउँपालिकाको लागि कुल ३८ करोड १० लाख बजेट विनियोजन गरिएको छ । (समाचार स्रोत नेपाल समय)

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता