मुसिकोटका अग्नी पीडित कार्कीलाई वडाध्यक्ष खत्रीको आर्थिक सहयोग



११ फागुन, गुल्मी । वडाध्यक्ष चुरा बहादुर खत्रीले अग्नी पीडितलाई आर्थिक सहयोग गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चुरा बहादुर खत्रीले मुसिकाेट नगरपालिका वडा नम्बर ५ बडागाउँका गुप्त बहादुर कार्कीलाई नगद १४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

बुधबार कार्कीको घरमा पुगेर खत्रीले नगद १४ हजार, नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महतले ३ हजार गरेर नगद १७ हजार रुपैयाँ कार्कीलाई हस्तान्तरण गरिएको हो । ‘विपदमा सबैलाई थाेरैधेरै सहयोग गर्नुपर्छ ।’ सहयोग हस्तान्तरण गर्दै वडाध्यक्ष खत्रीले भने, “अग्नि पीडितलाई केही राहतकाे लागि आर्थिक सहयोग गरेको हुँ ।” खत्रीले विपदमा सबैलाई सहयोग गर्दै आइरहेका छन् । नेपाली काङ्ग्रेस इस्मा गाउँपालिका वडा नम्बर १ का सभापति समेत रहेका खत्रीले आगलागीबाट घर जलेर पूर्ण रुपमा नष्ट भएकोले पीडितलाई सान्त्वना दिन र आर्थिक सहयोग गर्न आफू बडागाउँमा पुगेको बताए ।

नेपाली काङ्ग्रेस मुसिकाेट नगरपालिका वडा नम्बर ५ का सभापति समेत रहेका गुप्त बहादुर कार्कीको घरमा गत शनिबार राति करिब १२ बजे आगलागी भएको थियो । कार्कीकी छाेरी कुसुम चिच्याएपछि मात्र घरका अन्य परिवारले आगलागी भएको जानकारी पाएका थिए । आगलागीबाट करिब २२ लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । आगलागीबाट खाद्यान्न, कपडा, केही चाँदी, भाँडाकुँडा र घरमा रहेको टेलिभिजन लगायतका सबै सामाग्री जलेर नष्ट भएको पीडित कार्कीले बताए ।

आगलागीकाे प्रकृति हेर्दा कसैले लगाएको हुन सक्ने अनुमान गरिए पनि कसैसँग शत्रुता नभएको पीडित गुप्त बहादुर कार्कीले बताए । केही दिन अघि कार्कीको घरदेखि २ किलोमिटर नजिकै बडागाउँकाे स्वास्थ्य चाैकीकाे एम्बुलेन्समा आगलागी भएको थियोे । एम्बुलेन्स र घरमा लगातार आगलागी हुनुले सुनियोजित तवरले आगलागी भएको भनिए पनि दाेषी पत्ता लाग्न सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पीडित कार्कीलाई अहिलेसम्म ब्याक्तिगत रुपमा इस्मा गाउँपालिका वडा नम्बर १ का सभापति चुरा बहादुर खत्रीले नगद १४ हजार, मुसिकाेट नगरपालिका ३ पेंगाका शंकर रायमाझीले ५ हजार र नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति चन्द्र बहादुर महतले ३ हजार आर्थिक सहयोग गरेका छन् । यसअघि नेपाली काङ्ग्रेस गुल्मीकी सदस्य निर्मला केसीकाे नेतृत्वमा कार्कीलाई खाद्यान्न समेत उपलब्ध गराइएको थियो । कार्की अहिले छिमेकीको घरमा आश्रय लिइरहेका छन् ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली इस्मा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष चुराबहादुर खत्री, नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ का सभापति चन्द्रबहादुर महत, नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष तथा नेपाल प्रेस युनियन गुल्मीका सभापति रेशम कुँवर, प्रेस युनियन गुल्मीका सचिव रमेश विश्वकर्मा र पत्रकार सुमन महतारा लगायतको सहभागिता रहेको थियोे ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता