शारदा मावि भुमिकास्थानमा छात्रवृत्ति वितरण



मधुसुधन पाण्डे फाल्गुन १२

भुमिकास्थान नगरपालीका वडा न ९ ढिकुरा गैरागोठ मा रहेको  सारदा माध्यमिक बिद्यालयमा आज खिम प्रसाद भट्टराईको सम्झनामा खिम प्रसाद भट्टराई स्मृती प्रतीष्ठान नामक छात्रवृत्ति एक कार्यक्रम बिच बितरण गरिएको छ।

२०१२ बैसाख १२ गते ढिकुराको पिहाले मा जन्मिनु भएको खिम प्रसाद भट्टराईको मृत्यु २०६४ फागुन १२ गरे सवारी दुर्घटना मा परी सन्धीखर्क मा उपचारको क्रम मा निधन भएको थियो सोहि सम्झना मा प्रत्येक बर्ष बिद्यालयमा दुइजना बिद्यार्थी लाई तीन तीन हजार को दरले गरीव असाय बिद्यार्थी लाई बितरण गरिदै आएको थियो र आज उहाकै सम्झना मा कक्षा दशमा अध्ययनरत छात्रा शान्ता कुवर र कक्षा ७ मा अध्ययनरत बसन्ता थापा लाई दिएको छ उहाकै समझना मा एक मिनेट माैन धारण र उहाकै फोटामा अवीर तथा माल्यार्पण अतिथि हरुले शिक्षक शिक्षिका र बिद्यार्थी हरु ले गर्नु भएको थियो नमुना युवा परिषद का अध्यक्ष दिपक चुदालीको सभापती रहेको कार्यक्रम मा प्रमुख अतिथि भुमिकास्थान नगरपालीका ९ का वडा अध्यक्ष नारायण प्रसाद खनाल ,अतिथि हरु ढिकुरा काठमाडाै समाजका अध्यक्ष कृष्ण पोख्रेल ,वडा सचिव तुल्सिराम पोख्रेल , बिद्यालय कि प्रधानध्यापक बिष्णु अधिकारी बिद्यालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे , निवर्तमान सदस्य नारायण घिमिरे , समाजसेबी मोती भट्टराई, समाजसेबी गिरिराज घिमिरे लगायत ले मन्तब्य राखनु भएको कार्यक्रम मा स्वागत मन्तव्य नमुना क्लबका सदस्य अजुर्न घिमिरे र कार्यक्रम को सन्चालन शिक्षक नमराज अधिकारीले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता