गुल्मीमा गोरु काटेको आरोपमा दुई बालक सहित तीन जना पक्राउ !



जेठ १९ गुल्मी ।

गुल्मीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्वर दुई पाटाखर्कका युवराज बोहोराको गोठमा बाँधिएका एक हल गोरु घन र धारीलो हतियारले हानेर मारेको आरोपमा स्थानीय दुई बालक सहित १९ वर्षीय लोकेन्द्र बोहोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक पुरुत्तम पाण्डेले जानकारी दिए ।

जेठ १६ गते राती घन र धारीलो हतीयार प्रयोग गरी एक हल गोरु मारेको खबर थाहा पाए पछि जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीे स्थलगत अध्ययनको लागी त्यस स्थानमा पुगेको थियो ।
पक्राउ परेकाहरुलाई गोरु मारेर पित्त झिकेको आरोप लागेको छ । उनिहरुलाई अहिले  तम्घास ल्याईदै गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता