गुल्मी र पाल्पाका शिक्षकहरुले लिए दश दिने टिपिडी तालिम



कौरव खत्री  ,गुल्मी २४ पौष ।

शिक्षा तालिम केन्द्र रुपन्देही,लुम्विनी प्रदेशको आयोजनामा टिपिडी ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धि तालिम शिक्षा तालिम केन्द्र पाल्पामा सम्पन्न भएको छ ।
विहिबार तालिमको समापन समारोहमा बोल्दै प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख रमेशराज पौडेलले तालिमको प्रभाव कक्षाकोठामा पर्नु पर्ने भन्दै शिक्षकले आफ्नो ठाँउबाट सुधार गर्न लाग्नु पर्नेमा जोड दिनु भएको थियो ।
शिक्षा तालिम केन्द्र रुपन्देही शाखा कार्यालय पाल्पाका प्रशिक्षक गोपाल प्रसाद बस्यालले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गदै टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रममा आधारित तालिमको प्रभावकारिता बारेमा प्रकाश पार्नु भएको थियो ।

 

समापन समारोहमा टिपिडी तालिममा सहभागीको तर्फबाट कृष्ण पंगेनी र हुमा ज्ञवालीले टिपिडि ढाँचामा आधारित एकीकृत पाठ्यक्रम सम्वन्धित शिक्षक तालिम समग्र रुपमा समय सान्र्दभिक रहेकोले शिक्षकहरुको लागि तालिम फलदायी र निकै प्रभावकारी रहेको बताउनु भएको थियो ।
साथै गत पौष १४ देखि शुरु भएको तालिम विहिबारसम्म सञ्चालन भएको थियो । १० दिनसम्म सञ्चालन भएको टिपिडी तालिममा गुल्मीबाट १७ जना र पाल्पाबाट १० गरि जम्मा २७ जना शिक्षक÷शिक्षिकको २७ जना प्राथमिक तहमा अध्यापन गराउने शिक्षक तथा शिक्षिकाहरुको तालिममा सहभागिता रहेको छ ।
तालिममा आधारभूत तह कक्षा ९१–३०को पाठ्यक्रम शिक्षकको पेसागत विकास ९टिपिडी०ढाँचामा आधारित एकीकृत पाठ्यक्रम अन्र्तगत मेरो नेपाली,मेरो गणित,हाम्रो सेरोफेरो र मेरो अंग्रेजी विषयमा प्रशिक्षक गोपाल प्रसाद बस्याल, प्रशिक्षक मनोज सिर्मलले तालिमको सहजीकरण गर्नु भएको थियो ।तालिमको समापन समारोहको सञ्चालन भने तालिम केन्द्रका लेखापाल सुरेशमान बुद्धचार्यले गर्नु भएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता