दुई तिहाइको सरकार बालुवाटारमा बाँसुरि बजाउँन दिएको हैन !



सुमन महतारा, प्रदेश ५ ब्यूरोः

शनिबार नेपाल शिक्षक संग गुल्मीदरबार गाउँपालिका गुल्मीको आयोजनमा भएको दोर्सो प्रतिनिधि सभामा प्रमुख अतिथिको रुपमा बोल्दै सचिव पन्थीले नेपाल कम्युनिस्ट पार्टीलाई जनताले दुई तिहाईको सरकार बाँसुरि बजाउँन नदिएको बताएका छन् ।

सचिव पन्थीले अख्तियार जस्तो संवेदनशील संस्थालाई पार्टीको ईसारामा चलाउनु भनेको देश दुर्घटना हुनु जस्तो भएको भन्दै यदि नेपाली कांग्रेस उपसभापति बिजय कुमार गच्छदार ले गल्ती गरेको भए सजाय पाउँनुपर्ने र नेकपाका नेता बिष्णु पौड्याल, माधबकुमार नेपाललाई जोगाउँने यो कस्तो कानुन ? भन्दै प्रश्न समेत गरे ।

सानालाई ऐन ठुलालाई चैन ? यो कहाँको नियममा लेखिएको छ ? नेपाली कांग्रेस सधैं सकारात्मक हो गल्ती गरेको व्यक्तिले कानुमा उल्लेख भएबमोजिम गल्तीको भागेदार हुनुपर्छ । पन्थीको भनाई थियो ।

शिक्षक भनेको अध्यरो भुमरि तोडेर संसारमा उज्योलो सौगत छर्ने ज्योति भएको भन्दै पन्थीले सधैं शिक्षकलाई सम्मान र आधार गर्नुपर्ने बताए । शिक्षक बिद्यार्थीको सधैं सकारात्मक पक्ष रहेको र आफ्नो पेशाको संरक्षण गर्नु आफ्नो दायित्व रहेको कुरा बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता