नियमविपरीत चल्ने गुल्मीका १५ सवारी प्रहरीको नियन्त्रणमा



नियमविपरीत चल्ने गुल्मीका १५ सवारी प्रहरीको नियन्त्रणमा
सन्तोष महतारा, २१ असोज
गुल्मी  
गुल्मीमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै यसको जोखिम कम गर्न प्रहरीले सवारीसाधनमा चेकजाँचमा सक्रियताल देखाएको छ । हिजो नियमविपरित चल्ने सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले नियन्त्रमा लिएका छन् ।
जिल्लामा संचालित सवारीसाधनले महङ्गो भाडा असुल्ने र बढी यात्रु बोक्ने गरेको पाइए पछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लाको तम्घास – सेउघा–छल्दी,तम्घास –सेउघा – धुर्काेट र तम्घास –नेटा – अर्घाखाँची सडकखणडमा चल्ने सवारीसाधनले यात्रु तथा भाडा महङ्गो लिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सहितको सक्रियतामा जिल्ला प्रहरी कार्यालय गुल्मीले सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिए ।
हिजो मात्रै प्रहरीको नियन्त्रणमा १५ वटा गाडी परेका छन् । जसमा ३ वटा बस र १२ वटा जीप रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कुनै सवारीसाधनले दोब्बर भाडा लिएर दोब्बर नै यात्रु राखेका थिए । कोरोनाबाट बच्नको लागि कुनै पनि सुरक्षाका मापदण्ड नअपनाइकन यात्रा गराइरहेकोले पनि सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्ने सवारीसाधन कुनै निजी रहेका छन् । भने कुनै सार्वजनिक रहेका छन् ।
नियमविपरीत चल्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले मात्रै १ हजार ५ सय जरिवाना तिराउन पाउँछन् । जरिवानाले मात्रै समस्याको समाधान नभएको भन्दै जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा गाडी नै नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई भोलिसम्म नियन्त्रणमा नै राख्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि यात्रुहरूले तेब्बर भाडा तिरेको गुनासो गरेका थिए । गुनासोपश्चात् जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले थप सक्रियता देखाएको हो ।
यसरी सवारी भाडा दोब्बर नै अथवा जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी लिए यातायात व्यवस्था कार्यालय बुटवलमार्फत कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तको भनाइ छ । सवारीसाधन नै नियन्त्रणमा लिएर २ दिनसम्म राखी कार्वाही गर्दा भाडादर घट्ने विश्वासमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय छन् । तेब्बर भाडा तिर्न पर्ने यात्रुको गुनासोपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा अनुगमनलाई निरन्तरता दिएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले ७ वटा सवारीसाधन नियन्त्रणमा लिएका थिए । यसअघि सवारीसाधनलाई नियन्त्रणमा लिएर पनि सवारीसाधनले मनपरी गर्न नछोडेपछि आज १५ सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिएका सवारीसाधनलाई  १ हजार देखी १ हजार ५ सय सम्म जरिवाना तिराएर छोडिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । अधिकांश सवारीसाधनले सामाजिक दुरी कायम नगरी यात्रु बोकेका थिए । कतिपय सवारीसाधनले भाडा बढी लिएका थिए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता