मुसिकोटमा खानेपानी आयोजनाको उद्घाटन , १ सय ३२ घरधुरी लाभान्वित



सागर भण्डारी, असोज २४ गुल्मी ।

मुसिकोट नगरपालिकाको वडा नं। ४ स्थित आम्डाँडा,दाहाचौर,दिगामचौर खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । ३ महिना अगाडी निर्माण सम्पन्न भई खानेपानी सञ्चालन भएपनि शुक्रवार एक कार्यक्रमकाबीच खानेपानी आयोजनाको उद्घाटन गरिएको हो ।

मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम अन्तर्गत नगरपालिकाको ७० प्रतिशत र स्थानीय श्रमदान ३० प्रतिशत गरी निर्माण सम्पन्न गरिएको उक्त आयोजनाको नगरप्रमुख सोमनाथ सापकोटाले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन सत्रमा बोल्दै नगरप्रमुख सापकोटाले मुसिकोट नगरपालिकाको एक घर एक धारा कार्यक्रम मार्फत कार्यकालभर सबै घरधुरीमा खानेपानीको पहुँच पुग्ने बताउनुभयो । खानेपानी मानवजीवनको आधारभूत आवश्यकता रहेको भन्दै उहाँले स्वच्छ खोनपानीको पहुँचमा सम्पूणर् नगरबासीलाई पुर्याउन नगरपालिकाले कार्य थालिरहेको बताउनुभयो ।

 

उक्त आयोजना सञ्चालनका लागि अहिले आम्डाँडा,दाहाचौर र दिगामचौरमा ट्याङ्की निर्माण गरिएको छ । आयोजनाबाट स्थानीय १ सय ३२ घरधुरी लाभान्वित भएका छन्् ।

खानेपानीको समस्या भोग्दै आएका मुसिकोट नगरपालिका वडा नं।४ अन्तर्गत आम्डाँडा, दाहाचौर, दिगामचौर, पुतलीबजार, ग्वादिकाचौर, र सुन्दरवस्तीका स्थानीयहरु आयोजना सञ्चालनमा आएपछि खानेपानीको समस्याबाट मुक्त भएको आम्डाँडा दाहाचौर दिगामचौर खानेपानी तथा सरसफाई योजनाका सचिव राजेश कुमार अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष नारायण सापकोटा, वडा नं ४ का वडाध्यक्ष ओम बहादुर केसी, उपभोक्ता,स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

मुसिकोट नगरपालिकामा अहिलेसम्म ३२ वटा खानेपानी योजना सम्पन्न भएका छन् । १५ वटा योजना निर्माण हुँदै गरेको नगरपालिका वास सयोंजक सिता भुषाले जानकारी दिनुभयो । अहिलेसम्म ३ हजार ४ सय ५० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता