रेसुङ्गा नगरपालिकाको नगरसभा सम्पन्न



सूर्य सुनार पौष २९, गुल्मी । 
गुल्मीको रेसुङ्गा नगरपालिकाको नगरसभा बुधबार एक कार्यक्रमका विच सम्पन्न भएको छ । लोकतन्त्रको पुनर्वहाली पश्चात नयाँ संविधान निर्माण गरी स्थानीय तहको निर्वाचन सम्पन्न तथा जनप्रतिनिधिको वहाली भई कार्यसंञ्चालनको रेसुङ्गा नगरपालिका चौथो वर्षमा रहेको छ । जनताले आफनो सबैभन्दा नजिकको सरकारबाट सेवा प्रात्त गरिरहेका छन् ।
त्यस्तै आर्थिक वर्ष ०७७÷०७८ को हालसम्मको प्रगति प्रतिवेदन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगरको समग्र विकास र समृद्धिको लागि चौथो बजेट तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको थियो । आर्थिक विकास तर्फ नगरले कृषिमा आधुनिकीकरण, व्यवसायिकरण तथा कृषि मार्फत रोजगारी सिर्जना एवं पशुपन्छी विकास मार्फत आयआर्जनको विभिन्न कार्यक्रम संचालन गरी जनताको जिवन स्तरमा सुधार लिन नगरले विभिन्न कार्यक्रम गरिरहेको छ ।

नगरसभामा बोल्दै नगर प्रमुख डिल्लीराज भुसाल तस्वीर /सुर्य सुनार गुल्मी अपडेट

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगरभित्र भइरहेका काम र हुन बाँकीरहेका कामको पनि प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो । नगरलले आर्थिक वर्षको दोस्रो चौमासिकको मध्य सम्ममा नगरले गरेका समग्र प्रशासनिक तथा विकाशात्मक गतिविधिबाट पूँजिगत खर्च २२ प्रतिशत तथा प्रशासनिक चालु खर्च ३० प्रतिशत भएको र समग्र भौतिक प्रगति २७ प्रतिशत भएको प्रतिवेदनमा नगरप्रमुख भुसालले उल्लेख गर्नुभएको थियो ।
नगरपालिकाको एकमात्र लक्ष्य जनताका खुसीयाली बृद्धि गर्ने कार्यमा सबैले सहयोग गर्नुहुने प्रति नगरप्रमुख भुसालले धन्यावद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य , वडासदस्य, कर्मचारी, र पत्रकारको उपस्थित रहेको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता