तिहारको दिन बहिनीको हातबाट टिका लगाएर निस्किएका मुसिकोटका प्रेम एक सात देखी बेखबर



सूर्य सुनार, गुल्मी मंसिर ७ ।
मुसिकोटका एक किशोर एक हप्तादेखि वेपत्ता बनेका छन् । मुसिकोट नगरपालिका ३ सानपिप्ले भन्ने ठाउँका २० वर्षिय प्रेम विश्वकर्मा एक हप्तादेखि हराएको परिवारजनले बताएका छन । तिहारको दिन बहिनीको हातबाट टिका लगाएर निस्किएका उनी अहिलेसम्म घर फर्किएर नआएको उनका दाई अर्जुन विश्वकर्माले जानकारी दिए ।

छिमेकी आफन्त र चिनेजानेको सबै तिर खोजियो कतै पनि गएको जानकारी पाउन सकिएन् बुबा हरिबहादुर विश्वकर्माले भने । बिहानै हिँडेको कता गए होला सुस्त मनस्थितिका उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । उनी अहिले २० वर्षको भएका छन् । सुस्त मनस्थितिका उनि कालो बर्णको रहेको परिवाजनले बताएका छन ।
घरपरिवारले वामी प्रहरी चौकीमा हराएको सुचना दिइएको बताएका छन् । प्रहरी चौकीबाट विभिन्न ठाउँमा सुचना गरिएको तर अझै सम्म फेला नपरेको वामी प्रहरी चौकीले जानकारी दिइएको छ । वामी प्रहरी चौकीले जिल्ला प्रहरीलाई सुचना गरिएको बताएको छ । कही कतै कसैले प्रेम विश्वकर्मालाई देखेमा तुरुन्त सम्पर्क गर्न दाजु अर्जुन विश्वकर्माले बताए ।

यदि तपाईले फेला पारेमा नजिककको प्रहरी कार्यालय वा यस नम्बर ९८४०९५१६३१ म सम्पर्क गर्नुहोला ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता