गुल्मीमा ७४ वर्षीया वृद्वा आफ्नै घरमा मृत फेला, घटना रहस्यमय !



कात्तिक २९ गुल्मी ।

गुल्मीमा आफ्नै घरमा ७४ वर्षीया वृद्वा मृत फेला परेकी छन् । जिल्लाको इस्मा गाउँपालिका ५ दरिङ ढुङ्गा बस्ने जिवाकला थापा आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए ।

उनको मृत्यु रहस्यमय देखिएको छ । ढोकाको ताल्चा लगाएको र उनको नाक कानमा कुनै गहना नभएको स्थानीयले बताए ।
वृद्वाको २/३ दिन पहिल्यै मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
शव पोस्टम पार्टमको लागि सदरमुकाम तम्घास ल्याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता