चन्द्रकोट गाउँपालिकामा तीन जनाको शव फेला !



कात्तीक १६,गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर तीन हरराचौरमा तीन जनाको शव फेला परेको छ । शनिबार बिहान एक महिला सहित दुई बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । महिलादेखि एक बालिकाको शव दुई सय मिटर टाढा र अर्को बालिका दुई सय ३० मिटरको दुरिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएपी मीन बहादुर घले जानकारी दिइका छन् । मृतक महिला अन्दाजी २७ वर्षीया र बालिकाहरु अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलको नेतृत्वको प्रहरी टोली घटनास्थल तर्फ प्रस्थान गरेको बताईएको छ ।

अहिले सम्म कुनै पनी शवको पहिचान हुन सकेको छैन कसैको आफ्न्ता हराएको भए प्रहरी कार्यलयमा सुचना दिन जिल्ला प्रहरी कार्यलय गुल्मीले आग्रह समेत गरेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता