औडी कपमा टोट्टनहाम च्याम्पियन



इङ्लिस क्लब टोट्टनहामले औडी कप फुटबलको उपाधि जितेको छ । प्रिसिजन अन्तर्गत बुधबार राति म्युनिखमा खेलिएको मैत्रीपूर्ण खेलमा टोट्टनहामले जर्मन लिग च्याम्पियन बायर्न म्युनिखलाई सडनडेथमा ६–५ गोलले हराउँदै उपाधि जितेको छ ।

 

निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । टोट्टनहामले १९औं मिनेटमा इरिक लामेलाको गोलमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ५९औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै टोट्टनहामको अग्रता दोब्बर बनाए । बायर्नले ६१औ मिनेटमा पहिलो गोल फर्काएको थियो । जान फियद अर्पले पहिलो गोल गरे । ८१आंै मिनेटमा अल्फान्सो डेविसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

त्यसपछि टाइ्र्रब्रकेरमा गएको खेल बराबरीमा सकिएपछि सडनडेथमा टोट्टनहाम भाग्यमानी बनेको थियो । सडनडेथमा जेरोम बोटेङको प्रहार असफल बन्दा बायर्नले हार खेपेको थियो । त्यसअघि टाईब्रेकरमा टोट्टनहामका क्रिस्टियन इरिक्सन र बायर्नका डेविड अलावाले गोल गर्न सकेका थिएनन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता