गरिबी निवारणका लागि मालिकाको अर्जेमा सिलाईकटाई तालिम



बैशाख -९ गुल्मी ।

गुल्मीको मालिका गाउँपालिका -६ अर्जैमा निः शुल्क सिलाईकटाई तालीम सुरु भएको छ ।
मालिका गाउँपालिकाको आयोजनामा गरिबी निवारण लागी लधु उद्यम परियोजना अन्र्तगत तीन महिने सिलाई कटाई तालीमको थालनी गरिएको वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।

तालिममा वडा नम्वर- ६ अर्जेका गरिब,दलित तथा पिछडीएका क्षेत्रका १३ जना महिलाको सहभागीता रहेको छ ।
उनिहरुलाई दुई जना प्रशिक्षकले तीन महिन सम्म सिलाईकटाईको तालीम दिने छन् । स्थानीय स्रोत र सीपको परिचालन गरी स्थानीय स्तरमानै रोजगारी सिर्जनाको माध्यमवाट गरिबी निवारण गर्ने यस लघु उद्यम परियोजनाको मोडेल उपयुक्त माध्यम भएकोले यस परियोजना बाट सञ्चालीत तालीम तथा क्षमता अभिवृद्धि कार्यक्रमले स्वरोगार बन्न मद्धत पुग्ने र महिलाहरु आफैमा आत्मर्नीभर बन्ने गाउँपालिकाले अपेक्षा लिएको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता