काँग्रेसको जागरण अभियानमा गीत देखि भाषणसम्म सरकारको चर्को आलोचना !



डि.बि खड्का गुल्मी ।

नेपाली काँग्रेसले सुरु गरेको दोस्रो चरणको जागरण अभियान गुल्मीमा पनि जारी रहेको छ । शुक्रवार नेपाल तरुण दल गुल्मी क्षेत्र नं २ ले आयोजना गरेको बृहत् जागरण सांस्कृतिक कार्यक्रममा सरकारको चर्को आलोचना भएको छ । एउटै मञ्चबाट काँग्रेसले गीत देखि भाषणसम्म सरकारको चर्को आलोचना गरेको हो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जङ बस्नेत लोकतन्त्र र जनताका हक अधिकारका निम्ति नेपाली काँग्रेस र नेपाल तरुण दल जस्तो सुकै बलिदान दिन तयार रहेको बताए ।

बृहत् जागरण सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गदै प्रमुख अतिथि नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष बस्नेतले नेपाल तरुण दलमा एकता भएकोले सङ्गठनमा एकता अनुशासनभित्र हुनुपर्ने भन्दै अनुशासन विपरीत गएर काम गरे सङ्गठनबाट निकालिन्छन् भन्दै अब देशका लागि एकजुट भएर कम्युनिस्टसँग अन्तिम लडाई गर्नुपर्ने बताएका छन् ।

साथै अध्यक्ष बस्नेतले हाम्रा आदर्श र विचारहरु सडकमा राख्न नदिने र काँग्रेसले पहिल्याएका बाटाहरु मेटाउन खोजिएको भन्दै लोकतन्त्रका नाममा आज तानाशानी व्यवस्था ल्याउन खोजिएको बताउँदै अहिले देशमा भ्रष्टाचार र मूल्यवृद्धि आकासिँदै गएको बताए ।

त्यस्तै, जिल्लास्थित नेता तथा भातृ सङ्गठनका प्रमुखहरु सरकार विरुद्ध कुर्लिएका हुन । उनीहरूले वर्तमान सरकार भ्रष्टाचार, सुन काण्ड , जस्ता काण्डै काण्डमा मुछिएको बताएका छन् । दुई तिहाइ सरकारले जनतामा निराश मात्र दिएको उनीहरूको भनाई थियो । साथै कम्युनिस्ट प्रधानमन्त्रीको पालोमा नबनेको समाधान काँग्रेसको पालोमा बनेको उनीहरूको भनाई थियो । साथै सांस्कृतिक कार्यक्रममा पनि गीतको माध्यमबाट सरकारको चर्को विरोध गरिएको थियो ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता