रेसुंगा विमान स्थलको निमार्ण कार्य अन्तिम चरणमा



प्रिया ज्ञवाली, माघ -१८ गुल्मी ।

गुल्मीको रेसुंगा विमान स्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ ।
१५ वर्षपछि विमानस्थल निमार्णको कार्य अन्तिमचरणमा पुगे संगै गुल्मेली जनता खुसि भएका छन् भने छिट्टै आफ्नै जिल्ला बाट हवाई यात्रा गर्ने सपना पुरा हुनेमा आशावादी पनि बनेका छन् ।

२०६३ सालमा शिलान्यस गरी गुल्मीको गौरबका रुपमा अगाडी बढाईएको रेसुंगा बिमान स्थल १५ वर्ष पछि निमार्णकार्यको अन्तिमचरण प्रवेश गरेको छ । २०७५ जेठ २५ गते सफलताका साथ धुले उडान परिक्षण गरेतापनि सोचे अनुसार काम अगाडी बढ्न सकेको थिएन् तर पछिल्लो एक वर्षमा
विमानस्थल निमार्णको कार्यले गति लिएपछि स्थानीयमा खुसि मात्रै छाएको छैन रोजगारीको आशा पनि पलाएको  स्थानीय कमला घिमिरेले बताईन ।
एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुंगा बिमानस्थमा अहिले चार करोड ५ लाखमा टर्मिलन भवन र सात करोड पाँच लाखमा धावनमार्गको काम तिव्र गतिमा अगाडी बढेको छ ।

मौसम तथा प्राविधिक समस्या नआए एक हप्ता भित्र सबै काम सकिने आयोजना प्रमुख सन्जीब खड्काले बताए ।

रेसुंगा विमान स्थलका कारण १४ घर विस्थापती भएका छन् भने २८ घरपरिवारको जग्गा मिचिएको छ । विमानस्थ बनेपछि रोजगारी पाउने आशा पाएका उनिहरु विमान स्थल निमार्णाले गति लिदाँ थप उत्साहित बनेका छन् । बिमान स्थल निमार्णको काम सकिनै लाग्दा पुराना पुस्ता पनि खुसि देखिन्छन् । आफुहरु जहाज चढ्न नपाएपनि आफ्ना सन्तानले चढ्न् पाउनेमा आफु आशाबादी रहेको स्थानीय ज्येष्ठ नागरिक नन्दकला पुनले बताईन् ।
तत्कालिन जिल्ला विकास समिति , स्थानीय तह तथा विभिन्न मन्त्रालय बाट गरी करिब ३५ करोडमा विमान स्थल सम्पन्न हुने आयोजनाको अनुमान रहेको छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता